माओबादी केन्द्र नगर अध्यक्षमा कुमार बिक्रम क्षेत्री सर्वसम्मत

कोपिला कंडेल, बागलुङ २०७४ साउन २२ । नेकपा माओबादी केन्द्र नगर समिति बागलुङको अध्यक्षमा कुमार बिक्रम क्षेत्री सर्वसम्मत चयन भएका छन् ।

नेकपा माओबादी केन्द्र बागलुङको प्रथम नगर अधिवेशनले अध्यक्षमा क्षेत्री सहित ५७ सदस्यीय नयां कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा टिका बिक, सचिव बाबु डियर हमाल, सहसचिवमा धर्मराज शर्मा र कोषाध्यक्षमा अर्जुन चोखाल लगायत ५७ सदस्यीय नगर समिति चयन गरिएको माओबादी केन्द्र नगर समिति बागलुङले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *