नेपाली सेनाव्दारा दुदिलाभाटी-लेखानी सडक मर्मत

गुमानसिँह भण्डारी, गल्कोट २०७४ साउन २२ । वर्षासँगै भत्किएको दुदिलाभाटी लेखानी सडकको मर्मत भएको छ । नेपाली सेनाले सडक मर्मत गरेको हो । बर्षातको समयमा परेको पानीले जंगल क्षेत्र, सेतिचौर, लेखानी गाउक्षेत्रमा पानीले सडक बिगारेको थियो । सेनाले दुदिलाभाटीको चौराह देखि काठेखोला गाउपालिकाको कार्यालय सम्मको मोटरबाटो मर्मत गरेको हो ।

मर्मत अभियानमा बिहुँ घोडाबाधेका करिब ३५ जना सेनाले ४ दिनसम्म जनश्रमदान गरेका थिए । स्थानिय र सेनाको टोलीले मोटरबाटोको भल काट्ने, पहिरो ब्यवस्थापन गर्ने, झाडी सरसफाई लगायतका कार्य गरेको क्याटेन चन्द्र उप्रेतीले बताए । उनका अनुसार मोटरबाटो मर्मत भएसँगै गाडी आवतजावत र स्थानियलाई समेत पैदल यात्राका लागी सहजता भएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *