किन गरिन २८ वर्षिया च्याप्टी कुँवरले विद्यालयको कोठामा झुण्डिएर आत्महत्या ?

मिनु बीसी, बुर्तिवाङ २०७४ साउन २२ । बागलुङ जिल्लामा फेरी एक महिलाले पासो लगाएर ज्यान फालेकी छन् । ढोरपाटन नगरपालिका ५ साविक अधिकारीचौर मस्तीकी एक महिलाले झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएकी हुन् । ९ वर्षको छोरा भीमबहादुर कुँवरकी आमा २८ वर्षिया च्याप्टी कुँवरले घर नजिकैको विद्यालयमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा उनको शव फेला परेको थियो ।

स्थानीयका अनुसार उनी हिँजो राति ९ बजे देखी हराएकी थिईन, आज विहान उनी स्थानीय जनजागरण प्राविको भवनको कोठामा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । उनका लोग्ने खड्क बहादुर कुँवर अर्की श्रीमती लिएर भारत तिर गएको स्थानीयले बताए । उनले आत्महत्या किन गरिन भन्ने खुल्न आएको छैन ।

निजको शवको बुर्तिवाङ स्वास्थ्यकेन्द्रमा पोष्टमार्टम भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाईछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *