भिङगिठेको ठाउँ-ठाउँमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग अबरुद्ध !

बिमल खडका, बुर्तिवाङ २०७४ साउन २२ । मध्यमहाडी लोकमार्ग अन्तरगत बागलुङको भिङगिठे सडक खण्डमा अबिरल बर्षाका कारणपहिरो जादा सडक अबरुद्ध बनेको छ ।

हिजो राति परेको अबिरल बर्षाका कारण बडीगाड गाउपालिका साविक भिङगिठे गाविसको सडक खण्डमा ३/४ ठाउमा पहिरो खस्दा सडक अबरुद्ध बनेको हो ।

माथीबाट खसेको पहिरोले सडक अबरुद्ध हुदा काठमाडौ पोखरा बुटवलबाट छुटेका सवारी साधन बाटो मै रोकिएका छन भने बुर्तिबाङबाट छुट्ने सवारी साधन पनि छुट्न सकेका छैनन ।

पहिरो धेरै ठाउ गएकाले सडक खुलाउन अलि ढिलो हुने बताएका छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *