बडिगाड गाउँपालिकामा २ दिनमा २ सय ३० भन्दा वढीलाई नागरिकता वितरण

खर्वाङ बजार व्यावस्थापन समितिको वैठक सम्पन्न शनिवार वातावरणीय सरसफाई

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ साउन २२ । दुई दिनको अवधिमा बडिगाड गाउँपालिकामा २ सय ३४ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको छ। एकिकृत सेवा केन्द्र बुर्तिवाङको सहयोग तथा बडीगाड गाउँपालिकाको समन्वयमा घुम्ति सिविरको आयोजना गरि सो नागरिकता वितरण गरिएको हो।

१६ वर्ष देखि ७५ वर्ष उमेर समुह नागरिकहरुलाई नागरिकता वितरण गरिएको एकिकृत सेवा केन्द्रका प्रमुख जनक थापाले जानकारी दिए ।

सो शिविरमा बृद्ध तथा अपांगता भएकाहरुलाई प्रहरीको सहयोगमा विशेष सुविधा सहित नागरिकता वितरण गरिएको थापाले बताए । शुक्रवार दिउसो देखि सुरु गरिएको नगरिकता वितरण कार्य शनिवार साँझ झण्डै ८ वजे सम्म चलेको गाउँपालिका प्रमुख मेहर सिंह पाइजाले जानकारी दिए । त्यस्तै १६ गते देखि सुरु भएको फोटो सहितको मतदाता नामावली संकलन कार्य जारी रहेको छ ।

शनिवार मात्रै २ सय वढिको फोटो खिचिएको गाउँपालिका का कार्यकारी अधिकृत दुर्गा पौडेलले जानकारी दिएका थिए ।

यसैवीच खर्वाङ बजार व्यवस्थापन समितिको बैठकले हरेक हप्ताको सरसफाई कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने निर्णय गरेको छ ।
बैठकले हरेक शनिवार विहान ७ वजे वातावरणीय सरसफाई गर्ने, निर्णय गरेको छ। त्यस्तै वैठकले घरको छतको पानी सडकमा नफाल्ने विद्युत पोलहरुलाई व्यवस्थित गर्ने, यात्रु वाहक सवारी साधनले जथाभावी फोहोरमैला वजार क्षेत्रमा फाल्ने तथा यातायात व्यावसायीका काउन्टरहरुले वजार हित विपरित काम गर्ने गरेको पाइएकोले सम्वन्धित निकायमा ध्यानाकर्षण गराउने लगाएतका निर्णय गरेको छ बैठक बजार व्यावस्थापन समितिका अध्यक्ष टंक भुजेलको अध्यक्षता तथा विष्णु प्रसाद खरेलको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *