परिसूचन साप्ताहिकको तीज गीत संगै ग्राहक अभियान

विजय राना, बागलुङ २०७४ साउन २१ । जिल्लाबाट प्रकाशित परिसूचन साप्ताहिक पत्रिकाले हरितालिका तिजको अवसरमा विभिन्न ठाउँमा तिजगित प्रतियोगिता गर्ने भएको छ ।
शनिबार बसेको बैठकले परिसूचन वालक्लव संगको संयुक्त आयोजनामा जिल्लाका राङखानी नेवारे र जैदी सतिढुङ्गामा तिजगित प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
भदौ ७ गते राङखानी र ८ गते जैदिमा तिजगित प्रतियोगिता हुने परिसूचन साप्ताहिकका कमल रानाले जानकारी गराउनु भयो ।
पत्रिकाले भदौ ७ गते राङखानी देखि नै ‘परिसूचन ग्राहक’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
सूचना पाउने नागरिकको अधिकारलाई आत्मासाथ गर्दै पत्रिकाले २ हजार ग्राहक पु¥याउने लक्ष सहित जिल्लाका ग्रामिण भेगमा अभियान सञ्चालन गर्न लागेको हो । अभियानका क्रममा प्रत्येक हप्ता ‘भाग्यशाली ग्राहक उपहार’ योजना बनाएको छ ।
सोही अभियान अन्तरगत पहिलो पटक राङखानी र जैदीमा बन्ने ग्राहक मध्येबाट एक÷एक जना ग्राहकले गोलापोलाद्वारा ‘फिल्टर’ प्राप्त गर्नेछन् ।
पत्रिकाले जिल्लाका १० वटै स्थानीय तहमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।
पछिल्लो समयमा पठन संस्कृति हराउँदै गएको भन्दै पठनको महत्व लगायत विभिन्न विषय बस्तुमा छलफल गर्ने वातावारण बनाउने उद्धेश्य सहित विभिन्न विद्यालयमा वालक्लव र परिसूचन अध्ययन मण्डल गठन गर्ने सम्पादक ताराप्रसाद शर्माले जानकारी दिए ।
‘भाग्यशाली ग्राहक अभियान’ अन्तरगत परिसूचन साप्ताहिक पत्रिकाको नयाँ बन्ने ग्राहकले वर्षमा ५२ वटा विभिन्न सामाग्री उपहार जित्नेछन् ।
प्रत्येक हप्ता एक जना ग्राहकले गोलापोलाद्वारा फिल्टर, किट्ली लाईट, डाइरी, टिसट, पाइलट पेन, घडि लगायतका सामाग्री जत्नेछन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *