पार्टी भित्रको गुट,उपगुट,अनुशासनहीन गतिबिधीले गर्दा नेकपा माओबादी केन्द्र कमजोर-निउरे

कोपिला कंडेल, बागलुङ २०७४ साउन २१ । नेकपा माओबादी केन्द्रका केन्द्रिय पोलिट्ब्युरो सदस्य एबं जिल्ला सहईन्चार्ज फमलाल निउरेले पार्टी भित्र मौलाउदै गएको गुटउपगुट अनुशासनहीन गतिबिधीले गर्दा नेकपा माओबादी केन्द्र जिल्लामा कमजोर बनेको बताएका छन् ।

नेकपा माओबादी केन्द्र नगर सम्मेलन समिति बागलुङको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले माओबादी केन्द्रलाई बलियो बनाउनका लागि पार्टी भित्रका अराजक गतिबिधी र निहित स्वार्थ भन्दा माथि उठ्नुपर्नेमा जोड दिए । पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही नहुनु एबं बिभिन्न गुट उपगुट र केही ब्यक्तिका निहित स्वार्थले गर्दा समग्र पार्टीपंक्ति कमजोर बन्दै गएको उल्लेख गर्दै उनले भने पार्टी भित्रका नेता एबं कार्यकर्ताको कार्यशैली र ब्यवहारमा परिवर्तन हुन जरुरी छ ।

निउरेंले पार्टीलाई थप उचाईमा पुर्याउनका लागि निती कार्यक्रम र बिचारलाई जनताको बिचमा पुर्याउनुपर्ने बताए ।

त्यसैगरी अर्का पोलिट्ब्युरो सदस्य एबं जिल्ला संयोजक चन्द्र बहादुर बुढा सागरले माओबादी केन्द्र पार्टी एकताको अभियानमा भएको बताए । सबै बर्ग र समुदाय सम्म पार्टीका नीति कार्यक्रम र एजेण्डालाई जनता माझ बुझाउन नसक्दा स्थानिय तह निर्वाचनमा पार्टी कमजोर देखिएको स्वीकार गरे । एकले अर्कोलाई दोष थोपरेर मात्र पार्टीका समस्या समाधान हुन नसक्ने भन्दै जिल्ला संयोजक बुढाले सबै समस्या समाधानका लागि जनताका मुद्दालाई सहि ढङ्गले समाधान गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा नेकपमा माओबादी केन्द्रका सल्लाहाकार लालचन्द्र राजभण्डारी, नेपाल मगर मुक्तिमोर्चाका केन्द्रिय सदस्य चीनिमायां काला मगर र सहिद परिबारका गौरीशंकर बिक लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सो अवसरमा लामो समय देखी कम्युनिष्ट आन्दोलनमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै पार्टीका जिल्ला सल्लाहकार हरिहर श्रेष्ठ, लालचन्द्र राजभण्डारी र कृष्णदक्त पन्त लगायतलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । त्यसैगरी जिल्ला स्थित बेपत्ता एबं सहिद परिबार र स्थानिय तह निर्वाचमा निर्वाचित बागलुङ नगरपालिका अन्र्तगतका सदस्य लगायतलाई पार्टीले सम्मान गरेको थियो ।

कार्यक्रम नेकपा माओबादी केन्द्र जिल्ला संयोजक कुमार बिक्रम क्षेत्रीको अध्यक्षता, सदस्य मोहम्मद अजिजको स्वागत मन्तब्य र सचिव राम बहादुर बिकको संचालनमा कार्यक्रमको उद्घाटन सत्रको समापन भएको थियो । अधिवेशनले नयां नेतृत्व चयन गर्ने जनाईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *