बानपा ७ को एमालेको चुनावी समीक्षा

कोपिला कंडेल, बागलुङ २०७४ साउन २० । नेकपा एमाले बागलुङ्ग नगरपालिका ७ बागलुङले जिल्ला भेला तथा चुनावी समिक्षा सम्पन्न गरेको छ । भेलाले स्थानिय निकायको निर्वाचन सम्पन्न गर्नका लागि खटिने नेतृत्व लगायत सम्पुर्ण जिल्ला कमिटि सचिवालय तथा आम कार्यकर्ता र सुभेच्छुकहरुलाई धन्यबाद ज्ञापन गरेको छ ।

समिक्षा भेलाले स्थानिय निकायको निर्वाचनमा सबै ईमान्दार पुर्वक लागेकोले जिल्लामा सन्तोषजनक नतिजा हासिल गर्न सकेको निष्कर्ष समेत निकालेको थियो । भेलाले जिल्लामा भएको बाम राप्रपा तालमेलले सार्थक परिणाम हासिल गर्न सकेको भन्दै आगामी दिनमा पनि तालमेललाई टुट्न नदिने जनाएको हो ।

सो अवसरमा बोल्दै नेकपा एमाले नगर प्रमुख गोबिन्द गौतमले बागलुङ नगरपालिका लगायत जिल्लाको समग्र निर्वाचनलाई आफ्नो पक्षमा पार्नका लागि खटिने पार्टी नेतृत्व लगायत सबैलाई धन्यबाद ज्ञापन गरेका थिए । उनले आगामी निर्वाचनमा पार्टीलाई अझै उचाईमा पुर्याउनका लागि सबैले आआफ्नो तर्फबाट प्रभावकारी भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा प्रेस चौतारी नेपालका केन्द्रिय सचिव रामकृष्ण शर्मा, नेकपा एमाले जिल्ला सदस्य पुनम शर्मा, कृष्ण केसी, कृष्ण प्रसाद शर्मा, युगेन्द्र खनाल, पुर्ण प्रसाद गैरे, महेन्द्र कार्कि लगायतले पार्टीको सांगठनिक सदस्यता, नविकरण, अधिवेशनको तयारी लगायतका बिषयमा आआफ्नो धारणा ब्यक्त गरेका थिए।

कार्यक्रम नेकपा एमाले बागलुङ नगरपालिका ७ का अध्यक्ष बुद्धी बहादुर केसीको अध्यक्षता, उपाध्यक्ष होमनाथ गौतमको स्वागत मन्तब्य र सचिव मेघनाथ गैरेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *