परदेशी चेलीको तीज गीत बजारमा सार्वजानिक

खगेन्द्र विश्वकर्मा,गल्कोट २०७४ साउन २० । गलकोट म्युजिक कम्पनीको प्रस्तुतीमा प्रीति गुरुङको तीज गीत परदेशमा बजारमा आएको छ । अहिलको नेपाली परिवेश प्रवासमा रहेको नेपाली हिन्दु नारीहरुले बर्षदिनमा तीजलाई सम्झेर मनमा हुने कौतुहवलता भित्र पुगेर रामु विरहीले शव्द लेखेका छन् ।

प्रवासमा रहेर अहिलेको तीतमा आउ नाचौ संगीहो बजाउ मादल मै गाउछु कोईलिको भाकैमा यो साल त प्रवासमै रमाईलो गरौ अर्को साल आमाको काखैमा भन्ने स्थायीमा यस्तै मर्मस्पर्शी शव्दहरु सुसज्जीत गीतमा लय शव्द रामु विरही र हिमाल सिहले तयार गरेका हुन् । गीतलाई प्रीति गुरुङले स्वर दिएकी छिन् । बसन्ती भ र अस्मीता भट्टको प्रमुख अभिनय रहेको छ । भिडियो मौलिकतालाई उजागर गर्ने लक्ष्यका साथ गरिएको निर्देशक रेशम सापकोटाले बताए। गोरन चौधरीको कोरियोग्राफीमा मरुभुमी नारायणले खिचेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *