बर्षाले बडीगाडमा बाढी, झेँदीमा एक घर बगायो, स्थानीय त्रासमा

अनिश शर्मा गैरे, गुल्मी २०७४ साउन २० । निरन्तर परेको बर्षाले गुल्मीको मुसिकोट नगरपालिका सहित बाग्लुङ्गको पश्चित क्षेत्रमा बित्यास निम्त्याएको छ ।

मुसिकोट नगरपालिका ७ मा निरन्तर परिरहेको बर्षा सँगै बडीगाड खोलामा आएको बाढीले एक घर बगाएको छ ।

मुसिकोट नगरपालिका ७ झेँदी स्थित नर बहादुर कार्कीको घर जोखिममा परेको हो । पोहोर साल पनि बडीगाड खोलाले उनको पुरै खेत बगाएको थियो । अहिले पनि बाँकी रहेको त्यही घर पनि बगाएर लैजादा उनीलाइ खपिनसक्नु पीर परेको छ ।

कार्की केही बर्ष अघि आफुले जग्गा किनेर झेँदीमै बस्ने उद्धेश्यका साथ घर पनि बनाएको तर दुइ बर्षमा बाढीले बित्यास निम्त्याएपछि समस्या परेको छ । पोहोर साल नै जोखिममा पारेको भएको कारण कार्की परिवार त्यस घरमा बस्ने भने गरेका थिएनन ।

मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाका अनुसार पीडित कार्कीलाइ बिपद ब्यबस्थापन कोषबाट तत्काल नगरपालिकाले ब्यबस्था गरेको ५ हजार राहात रकम प्रदान गरीने भएको छ ।

त्यसैगरी घट्नाको मुचुल्का तयार गरी जिल्ला प्रशासन कार्यालयमा पठाइ थप क्षतीपुर्तिको ब्यबस्था गराउन पनि आफुहरु लागि परेको सापकोटाले जानकारी दिए । त्यसैगरी बाढीले झण्डै ५० रोपनी खेत बगरमा परिणत गरेको छ ।

गत बर्ष पनि श्रावण १० र ११ गतेको बर्षाले बडिगाड खोलामा बाढी आउँदा सयौ रोपनी खेत बगरमा परिणत भएको थियो भने मानिसहरु पनि बिस्थापीत भएका थिए । बाढीले स्थानीय बासिन्दा त्राहिमाम भएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *