जिल्ला समन्वय समिति बागलुङमा राप्रपा/वाम प्यानल विजयी !

कोपिला कंडेल, बागलुङ २०७४ साउन २० । जिल्ला समन्वय समितिको आज सम्पन्न निर्वाचनमा वाम राप्रपाको प्यानल विजयी भएको छ ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर ४ का संयोजक रहेका ढुङ्गानाले नेपाली काँग्रेसतर्फबाट उम्मेदवार बनेका लक्ष्मण आचार्यलाई ४ मत अन्तरले पराजीत गरेका हुन् । ढुङ्गानाले १२ र आचार्यले ८ मत प्राप्त गरेको मुख्य निर्वाच अधिकारी हिमलाल बेलबासेले बताए ।

समन्वय समितिको उपप्रमुखमा भने एमालेका विष्णु भुषाल सर्वसम्मत निर्वाचित भएका थिए । समन्वय समितिको उम्मेदवारी दर्ता गर्दा प्रमुख उपप्रमुखमा पदमा एक जना अनिवार्य महिला हुनुपर्ने व्यवस्था लत्याएर दुवै पदमा काँग्रेसले पुरुष उम्मेदवार उठाएपछि भुषाल सर्वसम्मत भएका हुन् । समन्वय समितिमा एकल उम्मेदवारी दिएको काँग्रेसले नियमावली विपरीत उम्मेदवारी दर्ता गरेको भनेर विरोध भएपछि मुख्य निर्वाचन अधिकारीको कार्यालयमा उजुरी पर्नु अगावै काँग्रेसले आफ्नो उपप्रमुखको उम्मेदवारलाई फिर्ता बोलाएको थियो ।

निर्वाचन परिणाम अनुसार जिल्ला समन्वय समितिको संयोजकमा राजमोका राजेन्द्र ढुंगाना, उपसंयोजकमा एमालेका विष्णु भुषाल र सदस्यहरुमा राजु केसी (एमाले), रुपा विक (एमाले), ताराकुमारी पुन (राजमो) , झंकबहादुर कामी (माओवादी केन्द्र), दलबहादुर थापा (माओवादी केन्द्र), फुलकुमारी पुन (माओवादी केन्द्र) र डिल्ली आचार्य (राप्रपा) रहेका छन् ।

यसैबिच नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख एबं सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रमपनि आजै सम्पन्न गरिएको छ । नजनिर्वाचित प्रमुख राजेन्द्र ढुङ्गाना र उपप्रमुख बिष्णु भुसाललाई मुख्य निर्वाचन अधिकृत हेमलाल बेलबासेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

त्यसैगरी नवनिर्वाचित जिल्ला समन्वय समितिका सदस्यहरुलाई प्रमुख राजेन्द्र ढुङ्गानाले सपथ ग्रहण गराएका थिए ।

सो अवसरमा बोल्दै उच्च अदालत पोखरा बागलुङ ईजलासका मुख्य न्यायाधीश रत्न बहादुर बागचनले जनताका मुद्दालाई न्यायिक रुपमा सम्पादन गर्नका लागि जिल्ला समन्वय समितिले प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने बताए ।

स्थानिय जनप्रतिनिधीको अभावमा जनताका सरोकारका बिषय अदालतमा आउदा आवश्यकता अनुसार छिनोफानो गर्न कठिनाई भएको उनको भनाई थियो ।

त्यसैगरी नवनिर्वाचित प्रमुख ढुङ्गानाले नेपालको संबिधानले व्यवस्था गरे अनुरुपका स्थानिय सरोकारका बिषयमा आफुहरुले ईमान्दारीपुर्वक भुमिका निर्वाह गर्ने बताउदै स्थानिय निकायलाई सहि ढङ्गले अगाडी बढाउनका लागि सबै संग सहकार्य र समन्वय गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी ऋिषीराम तिवारी र स्थानिय बिकास अधिकारी रामप्रसाद आचार्यले स्थानिय निकायको काम कर्तब्य र अधिकार सहित समग्र जिल्लाको बिकासका लागि समन्वय समितिले जिम्मेवारीपुर्ण भुमिका निर्वाह गर्नुपर्ने धारणा ब्यक्त गरेका थिए । सो अवसरमा नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख तथा सदस्यहरुलाई प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रम मुख्य निर्वाचन अधिकृत हेमलाल बेलबासेको अध्यक्षता, जिल्ला निर्वाचन कार्यालयका प्रमुख बिकासचन्द्र शर्माको स्वागत मन्तब्य र गोबिन्द शर्माको संचालनमा सम्पन्न भएको थियो ।

स्मरणीय छ, उपसंयोजक भुषाल यस अघि नै निर्विरोध निर्वाचित भएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *