अबिरल वर्षाका कारण पहिरोमा परी ६ जना बेपत्ता, बुर्तिवाङको जनजीवन अस्तव्यस्त (तस्वीर)

बाढीले निसीखोला दोस्रो लघुजल बिद्युत आयोजनाको मुहान बगाउदा १ हजार ६५ घरधुरी अध्यारै !

सुमन सुनार/कुम्बिर विश्वकर्मा/डम्वर बुढामगर, बुर्तिवाङ २०७४ साउन २० । हिँजो बिहीवार दिउसो देखी परेको अविरल वर्षाले बुर्तिवाङ लगायत पश्चिम क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । बडीगाड खोला उर्लेर आएको छ । बुर्तिवाङवासी गत वर्ष साउन १० गते बडीगाड खोलामा आएको कहाली लाग्दो बाढीको तर्सोमा रहेकाछन् ।

दुई दिन देखी परेको अविरल वर्षा अहिले पनि रोकिएको छैन । वर्षा सँगै आएको पहिरोले जनधनको पुयाएको समाचारहरु प्राप्त भएका छन् ।

यसैवीच ढोरपाटन नगरपालिका वडा नं. ५ अर्थात साविक अधिकारीचौर गाविस वडा नं. ८ पाखापानीमा आज विहान पहिरोले घर पुरिदा एक जनाको ज्यान गएको छ ।

दुई दिन देखी लगातार परिरहेको अविरल वर्षाका कारण स्थानिय होमबहादुर विश्वकर्माको घर भन्दा माथिबाट झरेको पहिरोले घर पुरिदा ५५ बर्षिय होम बहादुर विश्वकर्मा बेपत्ता भएको स्थानिय यम बहादुर पुनले बताए ।

पुनका अनुसार आज विहान करिव ३ बजेर ३० मिनेटको समयमा सुतिरहेको अवस्थामा घरभन्दा माथिबाट पहिरो झर्दा घर सहित विश्वकर्मालाई पुरेको हो । अहिले घटना स्थलमा ईलाका प्रहरी कार्यलय बुर्तिबाङबाट उद्धार टोली त्यहाँ पुगेको छ ।

बागलुङ जिल्ला निसिखोला गाउँपालिका वडा नम्बर-२ बाहुनगाउँ स्थित घरको माथीबाट पहिरो खस्दा घर पुरिएर सोही घरका ६८ वर्षिय मनिराम छन्त्याल, ६३ वर्षकी नन्दकली छन्त्याल, २२ वर्षिया बुहारी बिन्दु छन्त्याल र १८ वर्षकी छोरी गीता छन्त्याल बेपत्ता भएको निसीखोला गाउपालिका- २ का अध्यक्ष कुबिर विश्वकर्माले जानकारी दिए । विहान ६ बजेतिरको घटनामा पुरिएकाहरुको निकाल्ने काम भैरहेको र एक जनाको टाउको देखिएको प्रहरीले जनाएको छ । चारै जनाको मृत्यु भएको आशंका गरिएको छ । निसीखोला- १ देविस्थानका लालबहादुर सिँजालीको घर पहिरोले बगाउदा एक जना वेपत्ता भएका छन् ।

यसैगरी निसीखोला- २ उपल्लो बेग्रेका लालसिँह विकको घर पहिरोले पुरेको छ भने मालमेला भन्ने ठाउका प्रेम विकको घर बगाउदा परिवार विस्थापित बनेको झिवाखोला प्रहरी चौकीका प्रनानि रिनबहादुर बैदवारले जानकारी दिएका छन् ।

बुर्तिवाङबाट भर्खर सहकर्मी डम्वर बुढामगरले पठाएको समाचार अनुसार निसीखोला गाउँपालि वडा नं. ४ मा रहेको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको मुहान खोलाले बगाउँदा १ हजार ६५ घरधुरीका उपभोत्ताहरु अँध्यारोमा बस्न बाध्य भएका छन् ।

हिजो देखि परेको अविरल वर्षको कारण खोलाको बहाव बढेर आएर कुलाको मुहान बगाइदिएको म्यानेजर राम प्रसाद चालिसेले जानकारी दिए । बिद्युत अवरोध हुदा त्यहाँका एक दर्जन भन्दा बढी फर्निचर, ग्रील उद्योग लगाएतका घरेलु उद्योगहरु ठप्प भएका छन् ।यसैवीच, निसीखोला किनारमा रहेको देविस्थान स्वास्थ्य चौकी बाढीको उच्च जोखिममा रहेको छ ।

अपडेट: अपरान्ह १२ बजे ।

घटनास्थलबाट सहकर्मी डम्मर बुढामगरले पठाएको तस्वीर:

1.
2

निसी खोलामा आएको बाढीले देविस्थान बजार जोगलाल मल्लको परिवार विस्थापित । गोठ र चर्पी ४ बाख्रा बगाएको ।

थप विवरण आउन बाँकी…।

तस्वीर- दिपक पराजुली, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *