सन्चारकर्मी सन्देश लामिछानेको ‘लोभी बुढा’ तीजी गीत बजारमा

कोपिला कँडेल, बागलुङ २०७४ साउन २० । बागलुङे युवा एबं सन्चारकर्मी सन्देश लामिछाने दिनहु घरमा हुने गरेको झगडालाई समेटेर लोभी बुडा तीज गीत बजारमा ल्याएका छन् । बागलुङको उदाउदो कलाकार एबं सर्जकको रुपमा देखिएका जिल्लाको बलेवाका लामिछानेको यो पहिलो तीजी कोशेली हो ।

यो गीतमा गायक लामिछने र नबिना सुबेदीको आवाज , सन्जय परियारको लयमा प्रतिक संग्रामीको शब्द रहेको छ । यस गीतको दृश्य निर्माण सफल फिल्मस पोखराले गरेको छ ।

पोखराको रमणीय स्थान को रुपमा चिनिने लेखनाथ को ढोडबेसीमा छायांकन भएको यस गीतको छायांकन गणेश सापकोटाले गरेका छन् ।

यस गीतको निर्देशन म्युजिक एरेन्जर एवम निर्देशक तारानाथ आचार्य र सम्पादन शिब भुर्तेलले गरेका छन् ,यो छायांकन को ब्यबस्थापन सर्जक दिपक अधिकारीद्धारा गरिएको हो । कलिलो उमेरमा संगीत क्षेत्रमा उदाउन खोजेका लामिछानेले यस लगत्तै बाकी ४ वटा बिभिन्न बिधाका गितहरु सार्वजनिक गर्ने जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *