जथाभावी मोटरबाटो खन्दा जैमिनी- ७ जैदीका २ घर पाहिरोको जोखिममा

विजय राना, बागलुङ २०७४ साउन २० । बागलुङको जैमिनी नगरपालिका वडा न. ७ जैदीका २ घर गोठ पहिरोको उच्च जोखिममा परेका छन् ।

जैदी रोहोटेका मुकुन्द शर्मा र हरिहर शर्माको घर पहिरोको उच्च जोखिममा परेका हुन् । अविरल वर्षाका बिचमा पनि घरमुनिमै रहेको मोटरबाटो चक्लाउन थाले पछि गोठ भत्किने अवस्थामा पुगेको छ भने गोठमा रहेका गाई बस्तु गोठबाट निकालिएको छ ।
पहिरोको उच्च जोखिम बढे संगै २ घर परिवारका १४ जना विस्थापितहुने अवस्थामा पुगेको छ । साविकको जैदी गाविसको कार्यालयमा लगिएको शाखाबाटोको स्तरोन्नतिको काम बर्खे झरिमा गर्न थाले पछि घर र गोठ जोखिममा परेको प्रितम चालिसेले बताए ।

मोटरबाटो खन्दा नै घर जोखिममा परेको थियो चालिसेले भने–जोखिम रोक्न जालि सहयोग गर्ने र पर्खाल लगाईदिने प्रतिबद्धता जनाए पनि अहिले सम्म भएको छैन ।

उल्टै बर्खाको समयमा बाटो स्तरोन्नति गर्न थाले पछि घरगोठ नै भत्किने अवस्थामा पुगेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *