अपांगता भएका बामन शर्मालाइ घरमै पुगेर ह्विलचियर हस्तान्तरण

बागलुुङ २०७४ साउन २० । करीब पाँच बर्ष पहिले शारीरिक अभ्यास गर्ने क्रममा लडेर शरीरको कम्मर भन्दा मुनिको भाग नचल्ने गरि अपाङ्गता भएका बागलुङ नगरपालिका- ३, रात्माटा निवासी २५ बर्षिय बामन शर्मालाइ गत बुधबार घरमै पुगि अपाङ्गता सरोकार सघं, बागलुङले एक थान ह्विलचियर हस्तान्तरण गरिएको छ ।

जिल्ला स्थित सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको सामुहिक एकतामा स्थापित एकमात्र ( DPOs) सस्थां अपाङ्गता सरोकार सघं, बागलुङका कार्यक्रम सयोंजक राम प्रसाद घिमिरे द्वारा विगत पाँच बर्ष सम्म निकै जीर्ण र पुरानो ह्विलचियर प्रयोग गर्न बाध्य बामनलाइ पहाडमा चलाउन सकिने स्तरिय नयाँ ह्विलचियर उनको घरमै पुगि वितरण गरेका हुन ।

बागलुङ नगरपालिका कार्यलय देखि नजिकै घर भयका बामनले विगत ३ वर्षदेखि धेरै पहल र अनुरोध गर्दा पनि कसैबाट सहयोग हुन नसकेकोमा निकै दु:ख व्यक्तगर्दै अहिले सानो अनुरोधमा म नसक्नेलाई घरमै आयर ह्विलचियर दियकोमा निकै खुशि ब्यक्त गरे । सरकारी निकायका नजिकमा रहेका अपाङ्गता भएका व्यक्तिको अवस्था यस्तो हुदा बर्सेनि लाखौं रुपैयाँ अपाङ्ग लक्षित बजेट बालुवामा पानी हाले सरह बनिरहेको छ भने बागलुङ नगरपालिकामा रहेका ३२१ जना अपाङ्गता भएका व्यक्तिहरुको समग्र हितगर्ने उद्देश्यले बागलुङ नगरपालिका कार्यलयमा यसै सस्थां द्वारा पेश गरियको अपाङ्गता भएका व्यक्तिकालागि समुदायमा आधारित पुनर्स्थापना (CBR) कार्यक्रम परियोजना कर्मचारीको लाहप्रबाहीका कारण स्वीकृत हुन सकेन।

सस्थांले यस अघि गत बैशाखमा १५ जना अपाङ्गता भएका व्यक्तिहरुलाइ १५ वटा ह्विलचियर वितरण गरिसकेको थियो । यसका साथै सस्थां द्वारा जिल्लाका विभिन्न स्थानीय निकायहरुमा समुदायमा अधारित पुनर्स्थापना(CBR) कार्यक्रम बिगत ४ बर्षयता सञ्चालन गरि अपाङ्गता भएका व्याक्तिहरुलार्र्इ समूह निर्माणगरि आर्थिक सशक्तिकरण, सहयोगी सामाग्रि वितरण, अस्पताल प्रेशण, घुम्ति कोष साहायता, साना व्यावसाय तालिम, सार्बजनिक सस्थांमा अपाङ्गता मैत्री र्याम्प निर्माण, अपाङ्गता सम्बन्धि बिदयालय सचेतना लगायत विभिन्न अपाङ्गता सहयोगि कार्यक्रमहरु गर्दै आइरहेको सस्थांका कार्यबाहक अध्यक्ष चिजा थापाको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *