गुल्मी रेसुंगा नपा-१३ का वडाध्यक्ष खत्रीको पल्सर वाईक चोर्ने को हो ?

प्रेम सुनार, गुल्मी, २०७४ साउन १९ । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर १३ का वडाध्यक्ष खुमबहादुर खत्रीका भाईको वाईक गए राती अज्ञात व्यक्तिले चोरी गरेका छन् । लु १७ प ७१८ नम्वरको एकसय पचास सिसी पल्सर वाईक छिमेकी गुल्मी दरवार गाउँपालिका ७ , फेदी भन्ने स्थानमा रहेको मोहन बस्नेतको पसलबाट गए राती चोरी भएकोले सञ्चार माध्यमको सहयोग मागेको वडाध्यक्ष खत्रीले बताए ।

उक्त वाईक मेरो भाई लोकेन्द्रको नाममा छ , वडाध्यक्ष खत्रीले भने –‘दरवार देविस्थान प्रहरीमा विहान खोजतलासका लागि उजुरी दिए पनि अहिले सम्म फेला नपरेका कारण सञ्चार माध्यमको सहरा लिनु परेको हो । ’

वस्नेतको पसलमा तिन वटा वाईक चाँवी लगाएको अवस्थामा राखिएको र त्यस मध्ये वडाध्यक्षका भाईको वाईक मात्र चाँपी फुकालेर अज्ञात व्यक्तिले लैजानुले चुनावी रिसईवी हो कि भन्ने आशंका पनि गएिएको छ । उक्त वाईकको मुल्य करिव १ लाख ५० हजार पर्ने जनाईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *