गनपाव्दारा पहिरो पीडित राज थापाको परिवारलाई त्रिपाल र जाली सहयोग

गुमानसिँह भण्डारी, गल्कोट २०७४ साउन १९ । पहिरो प्रभाबित राज थापाको परिवारलाई गलकोट नगरपालिकाको कार्यालयले त्रिपाल र ग्वाबिन जाली प्रदान गरेको छ । बुधबार परेको अबिरल बर्षाका कारण गलकोट नगरपालिका वडा नम्बर ७ निवासी राज बहादुर थापाको घरमा पहिरोले क्षेति पु¥याएको छ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष समेत रहेका थापाको घरको आधा बराबर आगन सँगै पीँडी समेत खसालेको छ ।

स्थानिय ज्ञान बहादुुर थापाका अनुसार करिब २० मिटर क्षेत्रफल भएर घरको आगनबाट पहिरो झरेको छ । पहिरो प्रभाबित थापालाई गलकोट नगरपालिकाको कार्यालयले आज एक कार्यक्रमका बिच ७ थान ग्वाबिन जाली र २ थान त्रिपाल बितरण गरेको छ ।

कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बिपतको समयमा थोरै भए पनि नगरपालिकाको तर्फबाट सहयोग प्रदान गरेको बताए ।

कार्यक्रममा गलकोट नगरपालिकाका कार्यकारी अधिकृत प्रदिपचन्द्र सुवेदी, गलकोट नगरपालिकाका सामाजिक बिकास समितिका संयोजक हेमन्त भण्डारी, बिपद ब्यवस्थापन समितिका संयोजक वीरजंङ भण्डारी, रेडक्रसका चन्द्रदत्त रेग्मी लगायतका सहभागीता रहेको थियो ।

सो अवसरमा राज थापाका दाजु ज्ञान बहादुर थापा र वडा नम्बर ७ का अध्यक्ष सुवेदार टिका बहादुर थापालाई त्रिपाल र ग्याबिन जाली प्रदान गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *