बुर्तिवाङमा अंग्रेजी विषयको एसइइ ग्रेडिङ परीक्षा मर्यादित रुपमा सम्पन्न

सुमन सुनार, बुर्तिवाङ २०७४ साउन १९ । बुर्तिबाङको उत्तरगंगा माध्यमिक विद्यालयमा आज कक्षा १० को एसइइ (SEE) पुरक परीक्षा अर्थात ग्रेडवृद्धि परीक्षा अन्तरगत आज अंग्रेजी विषयको परीक्षा मर्यादित रुप्मा सम्पन्न भएको छ । स्थानीय संरचना अनुसार अहिले जिल्ला शिक्षा कार्यालयले बुर्तिबाङ क्षेत्र अन्तरगतका २७ विद्यालयबाट एस इ इ परीक्षामा समावेश भई ग्रेडवृद्धिका लागि परीक्षा सुरु भएको हो ।

गत चैत महिनामा एसइइ को परीक्षा दिएका विद्यार्थी जस्ले सि ग्रेड भन्दा तलको नतिजा ल्याएका थिए उनीहरुका लागि आजबाट देशभरी परीक्षा सञ्चालन भएको छ । पहिलोपटक ग्रेड वृद्धिका लागि बुर्तिबाङको उत्तरगंगा माविमा तोकिएको परीक्षा केन्द्रमा ग्वालीचौर माथिका विद्यालयबाट कुल ६ सय ४५ विद्यार्थी परीक्षामा सहभागी हुने विद्यालयका प्रधानाध्यापक धनबहादुर कुवँरले बताए ।

आज भएको अंग्रेजी विषयमा परीक्षामा २ सय ९९ जना विद्यार्थी परीक्षामा सहभागी हुनुपर्नेमा २ सय ८४ विद्यार्थीलेमात्र परीक्षा दिएका छन् । भोली हुने नेपाली विषयमा परीक्षामा ३४ जनाले परीक्षा दिंदै छन्् । गणित विषयमा सबैभन्दा बढी ५ सय ८८ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन भने विज्ञान विषयमा २ सय ८७ जना, सामाजिक विषयको परीक्षामा ४७ जना, स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षामा ८ जना, अर्थ शास्त्र विषयको परीक्षामा ६६ जना, शिक्षा विषयमा परीक्षामा ४३ जनता तथा सबैभन्दा थोरै ४ जनाले लेखा विषयमो परीक्षा दिने, प्रधानाध्यापक कुवँरले जानकारी दिए ।

पश्चिम बागलुङको बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका तथा तमानखोला गाउँपालिकाका २९ विद्यालय मध्ये २७ विद्यालयबाट विद्यार्थी एसइइको ग्रेड वृद्धि परीक्षामा समावेश गरिएको छ । ति मध्ये बुर्तिबाङको न्यूमोर्डन एकेडेमी र जलजलाको लुङ्गा माध्यमिक विद्यालयबाट ग्रेडवृद्धिका लागि विद्यार्थी नभएकाले ती दुई विद्यालय समावेश नरहेको जिल्ला शिक्षा कार्यालय बागलुङले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *