शिक्षक नारायण पौडेल हत्याकाण्डका अभियुक्तहरु धरौटीमा रिहा

महेन्द्र केसी, बागलुङ २०७४ साउन १९ । पर्वत र पर्वतको कुस्मा नगरपालिका –९ कटुवाचौपारी स्थित आइबल एकेडेमीमा कार्यरत शिक्षक नारायण पौडेलको रहस्यमय मृत्युको आरोपमा छानबिनका लागि पक्राउ परेका अभियुक्तहरु धरौटीमा रिहा भएका छन ।

शिक्षक पौडेलको हत्या अभियोगमा छानबिनका लागि प्रहरीले नियन्त्रणमा राखेका ५ जना अभियुक्तहरु बागलुङ जिल्ला अदालतको आदेशमा बुधबार धरौटीमा रिहा भएका हुन । धरौटीमा रिहा हुनेमा पर्वतको कुस्मा नगरपालिका वडा नं ९ का चन्द्रमान श्रेष्ठ, देउकुमार श्रेष्ठ, जयनारायण श्रेष्ठ, वडा नं १० घर भई बिद्यालयका प्रिन्सीपल बिमल पौडेल र सोही ठाउँ घर भै बिद्यालयमा कार्यरत कार्यालय सहयोगी मञ्जु पुरी रहेका छन । अदालतले पुरीलाई १० हजार र अन्य अभियुक्तहरुलाई जनही १, १ लाख धरौटीमा रिहा गरेको हो ।

अदालतले मुलुकी ऐनको ज्यान सम्बन्धी महल १३(३) अनुसार धरौटीमा रिहा गरेको अदालतले जानकारी दिएको छ । पर्वतको कुस्मा नगरपालिका –१ पाङ्ग घर भएका शिक्षक पौडेल गत जेठ २५ गतेदेखि बेपत्ता बनेका थिए ।

उनको शब १५ दिन पछि वागलुङ जिल्लाको जैमिनी नगरपालिका ८, बेलवगर स्थित कालिगण्डकी नदी किनारमा फेला परेको थियो । मृतक पौडेलको पोष्टमार्टम रिपोर्टमा घाँटीमा लागेको धारिलो बस्तुको चोटबाट मृत्यू भएको उल्लेख थियो ।

पर्वत प्रहरीले लामो छानबिनबाट पर्वतमा घटना घटेको कुनै प्रमाण फेला पार्न नसकेको भन्दै लास भेटिएको स्थल बागलुङमा नै अनुसन्धान गर्न मिसिल बागलुङ पठाएको थियो ।

यो पनि पढौँ

हत्यारालाई कार्बाहीको माग गर्दै हिँडेका निहत्था जनता माथी प्रहरीव्दारा निर्मम लाठी प्रहार !

बेलबगरमा फेला परेको शव कुनपा-१ पाङका शिक्षक पौडेलको भएको पहिचान

शिक्षक पौडेलको हत्या भएको आशंका : आइबल बोर्डिङका प्रिन्सिपल सहित ३ जना पक्राउ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *