मृगौला पीडित रिडीका धिरज श्रेष्ठलाई युएईमा सहयोग संकलन

प्रेम सुनार, गुल्मी, साउन–१९ । युएइ दुबइमा बाबुराम गोतामे सुनारको पहलमा दुवै मृगौला फेल भएका गुल्मी रिडी बजारका ३१ बर्सिय धिरज श्रेष्ठको उपचार्थ सहयोग संकलन गरिएको छ । त्यहाँबाट सहयोगी अभियान्त सुनारले २ लाख ६० हजार २ सय ७५ रुपैयाँ संकलन गरी पठाएको रकम रुरु नेटवर्क संचालक सुन्दर कसजू मार्फत पीडितलाई हस्तान्तरण गरिएको छ ।

गुल्मीको साविकको ग्वादी २ का वावुराम गोतामे सुनारले सहयोगदाता सवैको नाम र रकम विवरण फेशबुकमा राख्दै सवै सहयोगदाता प्रति धन्यबाद दिएका छन् । सुनार यसअघि पनि थुप्रै विपतमा परेकाहरुको उद्धारमा सक्रिय हुँदै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *