विद्युत पोलको जेलीगाँठीमा दनदनी आगो बलेपछी, बागलुङ बजारवासी त्राहिमाम्

बागलुङ २०७४ साउन १९ । नेपाल विद्युत प्राधिकरण कार्यालय, बागलुङ नजिकै सनराईज बोर्डिङ स्कूल अगाडीको विद्युत पोलमा आज विहान ८ बजेतिर एक्कासी आगो लागेको छ । बिद्युत पोलमा दनदनी आगो बलेको देखेपछी केहि समय स्थानीयवासी किंकर्तल्यविमूढ बने ।

समयमै निभाएपछी आगो फैलिन पाएन, तर एक्कासी यसरी बिद्युत पोलमा आगो दन्केको घटनाले बागलुङ बजारवासीलाई त्राहिमाम् बनाएको स्थानीयले ईबागलुङलाई भने ।

लापर्बाही कसको ? प्राधिकरण, केबल, टेलिकम की नगरवासीको…?


केबल लाईन र टेलिफोन लाईन सट भएर आगो लागेको स्थानीयको भनाई छ । विद्युत पोलमा केबल लाईन, टेलिफोन लाईन लगायत धेरै किसिमका तारहरुको जेलीगाँठी छ । बागलुङ बजारमा गाडिएका विद्युत प्राधिकरणका पोलहरु कुनैपनि यस्ता छैनन जस्मा तारहरुको जेलीगाँठी नहोस् त्यसैले जुनसुकै पोलहरुमा आज विहान जस्तै आगलागी हुने संभावना रहेकोले भविष्यमा हुनसक्ने अकल्पनीय दुर्घटनाबाट बच्न बचाउन सरोकारवाला निकायले तत्काल सतर्कता अपनाउनु पर्ने देखिन्छ ।

विद्युत पोलहरु बजारका घरहरुको नजिकै गाडिएको र कतैकतै विद्युतका तारहरु सजिलै छुन सकिने भएकाले विद्युत पोलहरुमा केवल, टेलिफोन लगायतका अन्य तारहरु चलाउँदा गम्भीर दुर्घटना हुने संभावना निकै भएकाले आज बिहान एक्कासी लागेको आगोको कारणको खोजी गरी यसतिर प्राधिकरणले तत्काल चासो लिन जरुरी रहेको बजारवासीको माग रहेको छ ।

तस्वीर- विजय राना, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *