तीन दिनको अन्तरालमा बेनीमा आत्महत्याको अर्को प्रयास

म्याग्दी २०७४ साउन १९ । बेनीबाट मल्लाज जाने कालीपुल नजिकै कालीगण्डकीमा आत्महत्या गर्न पुगेकी एक युवतीलाई स्थानीय एक युवाले उद्धार गरी प्रहरीलाई जिल्ला लगाएका छन् ।

बेनी नगरपालिका- ८ को कालीपुल नेर एक युवतीले आत्महत्या गर्ने प्रयास गरेको देखेपछी स्थानीय कालीपुल युनाईटेड क्लबका मनोज गौचनले उनको उद्धार गरेका थिए ।

काफलडाँडा घर बताउने अन्दाजी ३०/३१ वर्षकी निज युवतीले आफनो नाम तारा गर्बुजा भएको र उनी अहिले पारी बेनी (पर्वत)मा बस्दै आएको बुझिएको छ । तर आत्महत्या गर्न खोेजेको कारण भने खुल्न आएको छैन ।

सदरमुकाम वेनीबजारमा तीन दिनको अन्तरालमा आत्महत्या गर्न खोजिएको यो दोश्रो घटना हो । तीन दिन पहिले काली र म्याँग्दीको दोभान नजिक कालीगण्डकीमा एक महिलालाई स्थानीय युवाहरुले उद्धार गरी प्रहरीलाई जिम्मा लगाएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *