मुसिकोट नगरकार्यपालिकावाट चार नियमावली पारित, ६ विषयगत समिति गठन

कमल पौडेल, गुल्मी (वामी) २०७४ साउन १९ । गुल्मीको मुसिकोट नगरकार्यपालिकाको वैठक नगरपालिकाको कार्यालयमा सम्पन्न भएको छ । बैठकले सभा संचालन कार्यविधि २०७४, नगर कार्यपालिका कार्य विभाजन नियमावली २०७४, नगरकार्यपालिका कार्य सम्पादन नियमावली २०७४, र नगरकार्यपालिका वैठक संचालन नियमावली २०७४ पारित गरेको छ ।

वैठकले नगरपालिकाको लागी विषयगत समितिको पनि गठन गरेको छ । जसअनुसार हरि छन्त्यालको संयोजकत्वमा सामाजिक विकास समिति, भागिरथ खरेलको संयोजकत्वमा सार्वजनिक सेवा तथा क्षमता विकास समिति, सत्या जि.सि.को संयोजकत्वमा वन वातावरण तथा विपद व्यावस्थापन समिति, कर्णध्वज जि.सि. को सं।ेजकत्वमा पूर्वाधार विकास समिति, प्रकाश काफ्लेको संयोजकत्वमा आर्थिक विकास समिति र नरेशराज खरेलको संयोजकत्वमा विधेयक समिति गठन गरेको छ ।

समितिले विहिवार देखिनै काम सुरु गर्ने नगरपालिकाका कार्यकारी अधिकृत घनश्याम न्यौपानेले जानकारी दिनुभएको छ। त्यस्तै वैठकले नगरपालिकाका उपप्रमुख कमला शर्माको संयोजकत्वमा वजेट तथा कार्यक्रम तर्जुमा समितिको पनि गठन गरेको छ। त्यस्तै नगरकार्यपालिकाले नगरपालिका केन्द्र देखि वडा सम्म यातायातको पहुँच वृद्धिको लागी आवश्यक योजना निर्माण गर्ने, उज्यालो नगरको लागी आवश्यक कामको प्रगति तथा समिक्षा तथा वडा कार्यालयहरुलाई सेवाग्राही मैत्री, कार्यवातावरण मैत्रि निर्माणको लागी अध्ययन गरिरहेको नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभएको छ। नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ को लागी योजना तर्जुमाको काम गरिरहेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *