अविरल वर्षा र पहिरोले गल्कोट- ७ मल्मका केहि घरहरुमा क्षेती

गल्कोट २०७४ साउन १८ । अविरल वर्षा र पहिरोले गल्कोट ७ मल्मका केहि घरहरुमा क्षेती पु-याएको छ । यसै क्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष राजबहादुर थापाको घरलाई अविरल वर्षा र पहिरोले क्षेती पुराएको छ । अध्यक्ष थापाको गल्कोट नगरपालिका वडा नं ७ मल्म स्थित घर आज विहान पख पहिरोले घरको आगन खसालेको हो ।

गाउँमा जथाभावी मोटरबाटो खन्ने गर्नाले भीरालो जग्गामा बनेका स्थानीयका घरहरु उच्च जोखिममा रहेका छन् । अध्यक्ष थापा घरहरुपनि मोटरबाटो निर्माणले गर्दा जोखिममा पारेको छ ।

गतवर्ष पनि पहिरोले घरको आगन तानेपछी तारजालीले संरक्षण गरेर थप क्षतिहुनबाट जोगाउने कार्य गरिएको थियो, अबिरल वर्षा संगै आएको आजको पहिरोले घरमा बस्नै नहुने गरी क्षेती पुगेको परिवारजनले बताएका छन् । त्यस क्षतीग्रस्त घरलाई मर्मत गरेर बस्ने स्थिती नरहेपछी घर नै भत्काउनु सुरक्षित हुने परिवारले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *