इस्कोनको आध्यात्मिक सेमिनारमा गुरु पत्रीदास प्रभुद्वारा सनातन वैदिक धर्मका बारेमा चर्चा

बागलुङ, २०७४ साउन १८ । अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन नेपाल) बागलुङ शाखाको आयोजनामा बुधबार आध्यात्मिक सेमिनार सम्पन्न भएको छ । एक दिवसीय सेमिनारमा अन्तराष्ट्रिय आध्यात्मिक गुरु पत्री दास प्रभुले प्रवचन दिएका थिए । हरेकृष्ण अभियान नेपालका प्रमुख प्रचारक समेत रहेका उनले सनातन वैदिक धर्मका बारेमा चर्चा गर्दै भगवत् गीताका साथै अन्य वैदिक शास्त्रमा उल्लेख गरिएका प्रसङ्गलाई सरल रुपमा प्रस्तुत गरेका थिए ।

रसियामा जन्मेर पनि सनातन वैदिक धर्मको प्रचारमा हिडेका उनको आध्यात्मिक प्रवचन सुनेर उपस्थित भक्तजन प्रफुल्ल देखिन्थे । उनले प्रवचनको बीच–बीचमा हरेकृष्ण सङ्कृतन समेत गरेका थिए ।

हिन्दु धर्म, संस्कृतिको मुल्य र महत्वबारे प्रकाश पार्दै उनले आफ्नो संस्कृतिलाई आत्मसाथ गर्न सबैलाई आग्रह समेत गरेका थिए ।

हरेकृष्ण अभियानको प्रचारमा प्रवचनले ठूलो टेवा पुगेको शाखाका प्रमुख परमेश्वर अच्युत दासको भनाई थियो । राधाकृष्ण मन्दिरको सभाहलमा भएको सेमिनारमा सय भन्दा बढी भक्तजनको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *