गाडी चालक र स्थानीयको मर्मत पछी बुर्तिबाङ-तमान सडक सन्चालनमा : यात्रा जोखिमपूर्ण

सुमन सुनार, २०७४ साउन १८ । बाढी तथा पहिरोका कारण ठाउँठाउँमा सडक अवरुद्ध भएको बुर्तिबाङ देखि बोंगादोभान, तमान र खुंगा, लुकुरवन जोड्ने सडक आज दिउसो ४ बजे पछी जीप सेवा सन्चालनमा आएपनि यात्रा भने जोखिमपूर्ण रहेको यात्रुहरुले बताएका छन् । अवरुद्ध सडक आज केहि स्थानिय तथा गाडी चालकको सक्रियतामा पहिरो पन्छयाएर सडकको समान्य मर्मत गरिएको छ । मर्मत पछि आज करिव दिउँसो ४ बजे देखि जिप सेवा पुन सञ्चालनमा आएको हो ।

निरन्तर वर्षाका कारण उक्त सडक खण्ड अन्तर्गत कतै वाढी पहिरो त कतै खोलाको बहाव बढेका कारण सडक अवरुद्ध हुदा नियमित रुपमा सवारी साधन सञ्चालनमा आउन सकेको थिएन । यसरी अधिकांश स्थानमा सडक अवरुद्ध हुदा ढोरपाटन नगरपलिका वडा नंं. ३ र ४, तमानखोला गाँउपालिकाका नागरिकहरु प्रत्यक्ष प्रभावित बनेका छन् । उनिहरुलाई, आवतजावत गर्न, उपभोग्य समान, निर्माण समाग्री धुवानी गर्न र उत्पादन निकासी गर्न समस्या हुने गरेको छ ।

सडक खण्ड अन्तर्गत ढोरपाटन नगरपलिकाको वडा नं. ३ को बान्देबिसौना भन्ने स्थान देखि केहि पर खहरे खोलासंगै खसेको पहिरोका कारण विगत एक महिना देखि पटक पटक सडक अवरुद्ध हुदै आएको छ । पटक पटक झरिरहने पहिरोका कारण सवारी तथा पैदलयात्रीले निकै सास्ती झेल्नुपरेको छ । उक्त स्थानमा स्थानिय र गाडिचाकहरुको सक्रियतामा सामान्य सड्क मर्मत गरि सवारी सञ्चालन गरिदै आईएको छ । गएराति पनि अविरल वर्षाका कारण उक्त स्थानमा पहिरो झर्दा सडक अवरुद्ध बनेको थियो ।

यस्तै उक्त सडक खण्डको ढोरपाटन नगरपलिका वडा नं. ४ हुन्द्राफेदीमा पनि लुकुरवनखोलाको पानीको वहाव बढेपछि यात्रुलाई सवारी परिवर्तन गर्नु पर्ने अवस्था छ । जसले गर्दा यात्रहरुलाई समस्या हुनेगरेको छ ।
उता बोंगादोभान सडक खण्ड अन्तर्गत भालुबाङमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध हुदा तमानखोला गाँउपालिका अन्तर्गतका बोंगादोभान, खोलेसबाङ, रिक्लाङ, सौला, बोंगाखानी, खुंखानी लगायतका नागरिकलाई आवतआवतमा निकै समस्या हुने गरेको छ ।

यसरि बाढि पहिरोका कारण एकातिर यात्रुलाई जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता त छदै छ अर्को तिर ब्यवसायिले चर्को रुपमा भाडा असुली गर्ने प्रबृतीले यात्रुहरु दाहोरो मारमा पर्ने गरेका छन् । ग्रामिण भेगका सडक निर्माण तथा स्तरउन्नतीका लागी जिल्ला विकास समिति तथा गाविस परिषदले हरेक वर्ष लाखौ बजेट विनियोजन गर्ने गरेता पनि समयमा काम हुन नसक्दा सर्वसाधारणलाई वर्षेनी वर्षायाममा हिडडुल गर्न समेत सास्ती हुने गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *