एसईईको पूरक परीक्षा भोलि देखि, गल्कोट केन्द्रमा ६ सय १२ परीक्षार्थी सम्मिलित हुँदै

गुमानसिँह भण्डारी, गल्कोट २०७४ साउन १८ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले २०७४ सालको एसईई पूरक परीक्षा भोलिदेखि सञ्चालन गर्दै छ । नियमित तथा एक्जेम्टेड समूहबाट परीक्षामा सम्मिलित भएर सी, डी प्लस र इ ग्रेड ल्याएका परीक्षार्थीलाई ग्रेडवृद्धिका लागि परीक्षा नियन्त्रण कार्यालयले साउन १९ अर्थात भोलिदेखि पूरक मौका परीक्षा सुरु गर्न लागेको हो । परीक्षा साउन २६ गतेसम्म सञ्चालन हुनेछ ।

यस बर्ष गलकोट क्षेत्रका ३० बिद्यालयको केन्द्र गलकोट माद्यामिक बिद्यालय परेको परिक्षा नियन्त्रक राम बहादुर खत्रीले जानकारी दिए । भोलि अनिर्वार्य अंग्रेजी बिषयको परिक्षा सञ्चालन हुने उनले बताए ।

बिहान ८ बजेदेखि सञ्चालन हुने परिक्षा बिहान ११ बजेसम्म चल्नेछ । परिक्षामा ३० बिद्यालयका ६ सय १२ जना बिद्यार्थी सहभागी हुदैछन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *