अवैध कल बाईपास संचालन गर्ने म्याग्दीका पौडेल सहित ५ जना पक्राउ

म्याग्दी २०७४ साउन १८ । अवैध कल बाइपास संचालन गर्ने म्याग्दी मंगला गाँउपालिका–२ बस्ने २९ वर्षीय केशवराज पौडेल सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बनेपा नगरपालिका–७ गोदाम चोकबाट मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका पौडेल काभ्रेको बनेपा नगरपालिका–७ गोदाम चोकमा डेरा लिएर सो अवैध कार्य गर्दै आएको खुलेको छ ।

पक्राउ पर्नेमा काभ्रे रोशी गाँउपालिका–३ शिखर अम्बोटे बस्ने २२ वर्षीय विकाश लामा, सिपाली चिलाउने बस्ने ३२ वर्षीय विनोद कुमार मैनाली, चौरी देउराली गाउँपालिका–४ बस्ने २४ वर्षीय सुजन तामाङ र दोलखा फस्कु–८ रातमाटे बस्ने २४ वर्षीय अवि थापा रहेका छन् ।

निज अभियुक्तहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो र ईलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले बनेपा नगरपालिका–७ गोदाम चोक स्थित पौडेलको डेरा कोठा खानतलासी गर्दा कल वाईपासमा प्रयोग हुने उपकरण तथा सामानहरु ६४ पोर्टको VOIP gate way २ थान, १ थान ल्यापटप र चार्जर, TP link को राउटर १ थान, NTC को Wifi राउटर १ थान, Micro मोडियम यु.पि.एस.१ थान, यु.एस.बि.मोडियम १ थान, मोबाइल ६ थान, स्मार्ट टेलको सिम कार्ड १ सय २० थान र नगद १७ हजार लगायतको सामान समेत बरामद गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *