बुर्तिबाङ देखि ग्रामिण सडकहरुमा सवारी साधन नियमिति नचल्दा समस्या

डम्मर बुढामगर, बुर्तिबाङ २०७४ साउन १८ । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारबाट तमान, खुङ्गा, बोङ्गादोभानका लागि छुट्ने सवारी साधनहरु नियमित नचल्दा यात्रुहरुले सास्ती खेप्नु परेको छ ।

ग्रामिण क्षेत्रहरुमा सडक सन्जालले पुगेपनि वर्षातको समयमा खोलाहरुमा पुलहरु नबन्दा सवारी साधनहरु नियमितिरुपमा सन्चालन हुन सकेका छैनन् । हिउँदको समयमा सवारी साधनहरु निरन्तर चले पनि वर्षायाममा भने अवरुद्ध बन्ने गर्दा यात्रुलाइ सास्ती भएको हो ।

बुुर्तिबाङ देखी बोङ्गादोभान सम्म यात्रा गर्दा दुई स्थानमा र खुङ्गा सम्मको लागि एक स्थानमा सवारी साधन परिवर्तन गर्नु पर्ने समस्या रहेको यात्रुहरुले बताएका छन् ।

बुर्तिवाङ देखी खुंगाको हुन्द्राफेदी, बोँगादोभान र तमानखोला गाउँपालिको भालुबाङ भन्ने स्थानमा फेर्नु पर्ने बाध्यता छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *