बडीगाड गाउँपालिका मा २० र २१ गते नागरिकता टोली आउने

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ साउन १८ । बडीगाड गाउँपालिकामा यहि साउन २० र २१ गते नागरिकता टोली आउने भएको छ। गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाका अनुसार सदरमुकाम पुगी नागरिकता वनाउन वर्षाको समयमा असहज भएकोले गाउँपालिकामै दुई दिने शिविर राखिएको हो।

मतदाता नामावली संकलन कार्यलाई समेत मध्येनजर गरेर नागरिकता वितरण गर्न लागीएको हो। नागरिकता प्रमाणपत्र नभएका, १६ वर्ष उमेर पुगेका बडीगाड गाउँपालिका भित्रका नागरिकलाई ग्वालीचौरमा पुगी नागरिकता वनाउन गाउँपालिका कार्यालयले अनुरोध गरेको छ। त्यस्तै १८ वर्ष उमेर पुगेका नागरिकहरुको लागि फोटोसहितको मतदाता नामावली संकलन कार्य गाउँपालिका केन्द्र ग्वालिचौरमा चलिरहेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *