हटिया ईलाका हुलाकका हाकिम भन्छन-महिना ४०/४५ ओटा चिठीपत्र आदानप्रदान हुन्छ

गुमानसिँह भण्डारी, गल्कोट २०७४ साउन १८ । व्यक्तिगत तथा पारिवारिक सूचना आदानप्रदान गर्न कुनै बेला प्रमुख साधन बनेकोे हुलाक सेवा अहिले अस्तित्व नै सङ्कटमा पर्न थालेको छ । केन्द्रदेखि गाविससम्म संरचना विस्तार गरेर जनताको घरदैलोमा वि.सं. १९३५ देखि सेवा दिँदै आएको हुलाक सेवा इमेल र मोबाइलको विकास भएपछि सङ्कटमा परेको हो ।

परदेशीको खबर गाउँमा, गाउँको खबर परदेशमा पु¥याउने मात्र होइन, एक ठाउँको खबर अर्काे ठाउँमा पु¥याउन हुलाक सेवाको विकल्प थिएन तर सञ्चार साधनको विकाससँगै व्यक्तिगत चिठी आदानप्रदान हुन छाडेपछि अहिले हुलाक सेवा बिनाकामको हुनपुगेको छ ।

अहिले चिठीपत्र तथा खबर आदानप्रदानको काम मोबाइल र इमेलबाट हुने गरेका छन् । समयसापेक्ष आफ्नो सेवालाई विस्तार गर्न नसक्नु र सोही अनुसारको व्यवस्थापन नहुनुले नै हुलाक सेवालाई सङ्कटमा पु-याएको सरोकारवालाको दाबी छ ।

ईलाका हुलाक कार्यालय हटियामा महिनाको करिब ४०, ४५ ओटा चिठीपत्र आदानप्रदान हुने गरेको कार्यालय प्रमुख पोष्ट नारायण ढकालले बताए । उनले दैनिक रुपमा हुलाकीहरु पैदल हिडेरै चिठीपत्र आदानप्रदान गराउनुपर्ने समस्या भएको भन्दै सामान्य सवारी साधनको आवश्यकता भएको बताए ।

कार्यालयमा ६ जनामध्ये ३ जनाले चिठिपत्र आदानप्रदान गर्ने र ३ जनाले कार्यालयको अन्य गितिबिधि हेर्ने काम गरेको उनको भनाई छ । पछिल्लो समय हुलाकमा खासै काम नहुने बताईएको छ ।

इलाका हुलाक कार्यालय हटियाबाट जिल्ला हुलाक कार्यालय बागलुङ सँगै गलकोटको हरिचौर, दुदिलाभाटी, मल्म, पाण्डवखानी, काडेबास, मल्म, सुखौरा, सल्यान सँगै बिहु, खर्वाङ सम्म चिठीपत्र आदानप्रदान हुने गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *