प्रवास: एक वर्षभित्र गल्कोटका सामुदायिक विद्यालयमा इपुस्तकालय सन्चालन गर्ने

गलकोट स्पोर्टस क्लब टोकियोको दोस्रो कार्यसमितीको प्रथम बैठक सम्पन्न

दुर्गा बहादुर खत्री, जापान टोक्यो २०७४ साउन १८ । स्वास्थ्यका लागी खेल राष्ट्रका लागी खेल भन्ने मुल नाराका साथ बागलुङको गलकोट क्षेत्रबाट उच्च शिक्षा, बैदेशिक रोजगारी, ब्यवशाय र अन्य शिलशिलामा टोकियोमा रहेका गलकोटका युवाहरुबाट जापानको टोकियोमा स्थापित गलकोट स्पोर्टस क्लब टोकियोको प्रथम अधिबेशनबाट निर्वाचित दोस्रो कार्यसमितीको प्रथम बैठक सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष रत्नसिह बस्नेतको अघ्यक्षतामा अगष्ट १ तारिख टोकियो मेजिरो स्थित सिर्जना रेष्टुरेन्टमा बसेको अधिबेशन पछिको प्रथम बैठकले क्लबका संरक्षक, सल्लाहकार र मनोनित सदस्य चयन गर्दै पहिलो कार्यसमितिले दोस्रो कार्यसमितिलाई क्लवको आयब्यय हस्तान्तरण, सकृय सदस्यता बितरण, साथै बार्षिक कार्ययोजनाहरु सार्वजनिक लगाएतका महत्वपुर्ण निर्णयहरु गरेको छ ।

गलकोटबाट टोकियोमा आई बसोबास गरिरहेका गलकोटका नयाँ तथा पुराना पुस्तालाई खेलकुदका माध्यमबाट एकिकृत गर्दै टोकियोमा खेलकुद गतिबिधीहरु संचालन गर्ने साथै समग्र गलकोट क्षेत्रको खेलकुद र शैक्षिक बिकासका लागी समेत समन्वय गर्दै परियोजना तथा कार्यक्रम संचालन गर्ने निर्णय भएको क्लबका महासचिब लक्ष्मण कार्कीले जानकारी दिए ।

बैठकले गलकोटको खेलकुद तथा शैक्षिक बिकासका लागी क्लबका सचिब दुर्गा बहादुर खत्रीको संयोजकत्वमा गलकोट क्षेत्र भित्र पर्ने तारा गाउँपालिका र गलकोट नगरपालिकाका प्रत्येक वडाका प्रतिनिधी सम्मिलित गलकोट समन्वय समिती टोकियो मार्फत गलकोट क्षेत्रका प्रत्येक वडामा रहेका सामुदायिक विद्यालयहरुको खेलकुद सँगै शैक्षिक गुणस्तर अभिबृद्धीका लागी आवस्यक खेलकुद सामग्री उपलब्ध गराउने र प्रत्येक सामुदायिक विद्यालयहरुमा १ बर्ष भित्रमा ईपुस्तकालयको बिस्तार र त्यसको ब्यवस्थापनका लागी समन्वय गर्ने, साथै गलकोटमा क्रियाशिल क्लबहरुसंग राष्ट्रिय खेल भलिबलको बिकासका लागी आवस्यक समन्वय गर्ने लगायतका कार्यक्रम तय गरिएको क्लबका अध्यक्ष रत्नसिंह बस्नेतले जानकारी दिए ।

गलकोट स्पोर्टस क्लब टोकियो, गलकोट समन्वय समिति चयनका लागी यस अभियानका संयोजक तथा क्लबका सचिब दुर्गा बहादुर खत्री र क्लबका प्रत्येक वडा संयोजकहरुसँग समन्वयका लागी खेलकुद तथा शिक्षा प्रेमी सम्पुर्ण गलकोटे युवाहरुलाई आह्वान गरिएको छ । गलकोट स्पोर्टस क्लब टोकियो खेलकुद र शैक्षिक बिकाशका लागी नेपाल र जापानबिचको गतिशील पुल बन्न खोजिरहेको र यस अभियानमा समाहित हुनका लागी सम्पुर्ण बिकाशप्रेमी युवाहरुलाई हातेमालोका लागी सम्बन्धित निकायसम्म पहल गरिने क्लबका सचिब दुर्गा बहादुर खत्रीले बताए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *