बिना वीउ आलु फल्ने भिङगिठेको थाम गाउँ,पर्यटकीय दृष्टिलेपनि महत्त्वपूर्ण !

बिमल खड्का, बागलुङ २०७४ साउन १७ । सुन्दा अचम्म लाग्न सक्छ,, प्रशंग हो वीउनै नचाहिने आलुको । बडीगाड गाउपालिका ७ साविक भिङगिठे गाविस थाम गाउँ –धुरी) मा विना वीउ आलुको उत्पादन हुन्छ । प्राचीनकाल देखी बारीमा आपैm उम्रिरहने आलुबाटै थामका किसानहरु मनग्गे आम्दानी गर्दै आएका छन् ।

अहिले थामका किसानहरुलाई आलु बाली स्याहार्न भ्याईनभ्र्याई छ । यहाँ वर्षेनि आलुको राम्रो उत्पादन हुन्छ । यहाँ फल्ने आलुको स्वाद पनि स्वादिष्ट मानिन्छ ।

बाबु बाजेले धेरै बर्ष पहिले लगाएको आलु अहिले पनि बारीमा उम्रि रहेको छ, उत्पादन पनि राम्र हुने गरेको छ । बर्षमा एउटा पाटोमा २ देखि ३ मुरि सम्म आलु फल्ने गरेको स्थानीय बताउछन् । न बारीमा वीउ मेटिएको छ न आलु फल्नै छडेको छ । बर्षेनि २ देखि ३ चोटी सम्म आलु खन्ने गर्छन् स्थानीय किसान । यसरी फलेको आलुलाई संरक्षण गर्ने हो भने बडीगाड गाउँपालिका आलुमा आत्म निर्भर बन्न सक्ने पक्का छ ।

विना वीउको आलुले मात्रै थामको धुरी चिनिएको होईन, पर्यटकीय हिसाबले पनि यो ठाउँ महत्त्वपूर्ण मानिएको छ । थामबाट धौलागिरी अन्नपूर्ण लगायत हिम श्रृङखला देखिने र जडीबुटीको लागिपनि राम्रो मानिएको छ । यहाँ पाँचऔँले, जटामसी, रातो च्याउ लगाएतका जडीबुटी पाईन्छ । भौगोलिक हिसाबले पनि महत्त्वपूर्ण रहेको थाममा बिकासले खासै गति लिएको देखिन्न । राजनैतिक दलका लागी चुनावमा पानी मोटरबाटो लगाएतका आश्वासन बाडे पनि जनताको समस्या अझै उस्तै छ ।

त्यहाँ सबै भन्दा समस्या भनेको खाने पानी हो बर्खा भरी घैटोमा पानी जम्मा गरि १ बर्ष सम्म पुर्याउन खोज्छन तर लामो खडेरी भयो भने १ गाग्री पानी लिन १ घण्टा धाउन पर्ने बाध्यता छ ।

करिब २० घर धुरि त्यहा बसोवास गर्दछन । त्यहाका मानिस गाई भैसी बाख्रा पाल्ने गर्दछन साथै अन्नपातमा आलु, केराउ, गहु, फापर फल्ने गर्दछ। भौगोलिक हिसाबले अलि माथी पर्ने भएकाले त्यस आसपास खाने पानीको मुहान पनि छैन ।
त्यहा आलु मात्र नभई भौगोलिक हिसाबले उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ पनि फल्ने गरेको छ ।

गाउपालिकाका कुनाकाप्चामा ओझेलमा परेका थाम जस्ता थुपै स्थानहरुको पहिचान गरी यिनीहरुको विकासमा समुचित ध्यान दिएर बडीगाड गाउँपालिकालाई समृद्ध बनाउने कि गाउपालिाका महत्वपूर्ण स्थानहरुलाई अलपत्र पारी अधोगति तिर जाने भन्ने बिषयमा जनप्रतिनीधीले गम्भीतापूर्वक सोच्नुपनेँ बेला आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *