Sorry, that menu does not exist.
 

लुपस रोगबाट पीडित २४ बर्षिया विष्णु पुनको जीवन रक्षाका लागि अनुरोध !

कोपिला कंडेल, बागलुङ २०७४ साउन १६ । लुपस रोग बाट पीडित बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्रामका २४ बर्षिया बिष्णु श्रीस पुनको जीवन रक्षाको लागि सहयोग गर्न परिवार र आफन्तले सार्वजनिक रुपमा अपिल गरेका छन् । पीडित पुनको परिबारको आर्थिक अवस्था न्युन रहेको र उपचारका लागि अझै ४२ लाख देखी ६३ लाख सम्म आर्थिक संकलन गर्नुपर्ने भएपछि आफन्त र परिबारले उपचारमा सहयोग पुर्याउन अपिल गरेका हुन ।

केही महिना पहिले देखी बिरामी भएकी पुनको लामो समय रोग पत्ता लाग्न नसकेको र काठमाडौका बिभिन्न अस्पताल हुदै निदान अस्पतालमा जाचगर्ने क्रममा करिब १५ दिन पहिले लुपस रोगको संक्रमण देखिएको पीडितका आफन्त एबं बिष्णु पुन श्रीस बचाउ अभियानका सदस्य सचिव जीवन काउचाले जानकारी दिनुभयो । पीडित पुनको अहिले ग्राण्डी ईन्टरनेशनल अस्पताल काठमाडौमा आईसियु कक्षमा उपचार भैरहेको छ ।

आफन्त र शुभेच्छुकले बिष्णु पुन बचाउ समिति गठन गरी आर्थिक संकलन अभियानको शुरुवात गरेको आज बागलुङ बजारमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

पुनको उपचारका लागि जिल्लाको दुलिलाभाटी घर भई हाल युकेमा रहनुभएका तारा पुनले १५ लाख उपलब्ध गराउनुभएको समितिले जनाएको छ । त्यसैगरी रेशम आले ६ लाख, हेमखत्री १ लाख ५० हजार र सुनमायां थापा बाट २ लाख गरी करिब २४ लाख लोन स्वरुप संकलन गरिएको मध्य १५ लाख खर्च भैसकेको र अझै ४२ लाख देखी ६० हजार उपचारको लागि आवश्यकता पर्ने समितिका सदस्य सचिव काउचाले जानकारी दिए । कलकलाउदो उमेरमै लुपस रोगबाट प्रताडित बनेर जीवन मरणको दोसाधमा पुगे पछि सार्वजनिक रुपमा उपचारमा सहयोगका लागि अपिल गर्न बाध्य बनेको बिष्णुकी बहिनी देवि श्रीसले बताए ।

कार्यक्रममा उपचार सहयोग समितिका संयोजक गगन पुनले बिरामी श्रीसको ‘म बाँच्न चाहन्छु, मलाई बचाउनुहोस’ अभियानका लागि जापान अमेरिका, मलेसिया कतार लगायतका बाह्य मुलुकमा रहेका नेपाली समक्षपनि अनुरोध गरिएको जानकारी दिए । आर्थिक अभावकै कारण ज्यान जान बाट रोक्नका लागि सबै तिरबाट सक्दो सहयोगको अपेक्षा गरिएको उनको भनाई थियो ।

त्यसैगरी तंग्राम ४ का वडा अध्यक्ष केशव थापाले आर्थिक अभावकै कारण लुपस रोग पीडित पुनको ज्यान जानबाट बचाउनका लागि सबै जुट्नुपर्ने बताएका थिए । सो अवसरमा संकल्प बहुउद्धेश्यीय सहकारी संस्था बागलुङले बिष्णु श्रीसको उपचारका लागि आर्थिक सहयोग गरेको छ । श्रीसको तत्काल उपचारका लागि २५ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । संस्थाका अध्यक्ष इन्द्रबहादुर थापाले सहयोग रकम हस्तान्तरण गर्दै अन्य रकम शेयर सदस्यहरु संकलन गरेर प्रदान गर्ने जानकारी समेत दिए ।

सहयोग समितिले सहयोग अभियानका लागि नविल बैकंको बागलुङ शाखामा रकम जम्मा गर्न सक्ने बताएको छ । सहयोग गर्न चाहनेहरुका लागि खाता नम्बर २७०१०१७५००५८२ मा सम्पर्क गर्न सकिने सदस्य सचिव जीवन काउचाले बताए । कार्यक्रमको सञ्चालन सदस्य डिलबहादुर कार्कीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply