मृगौला पीडित छोराको जीवन रक्षाका लागि बाबुआमाको मार्मिक अपील !

बागलुङ २०७४ साउन १६ । बागलुङ नगरपालिका–३ नुवाराका खड्कबहादुर किसान र ममिता किसानले २० वर्षीय छोरा सन्तोष किसानको उपचारको लागि खेत बन्धक राख्दा पनि खर्च नपुगेपछि जीवन रक्षा गरिदिन सबैसंग आग्रह गरेका छन ।

दुवै मृगौला फेल भएका छोराको उपचार गर्दा साथमा भएको पैसा सकिएको र ऋण काढ्न् ठाउ समेत बन्द भए पछि गाउमै खेत बन्धकी राखेको र थप ऋण लिएको सन्तोषका आमा ममिता किसानले बताईन । उपचार गार्दा गर्दैे ऋण धेरै भएकाले पैसा पाउन मुश्किल भए पछि आफन्त कहा ५० हजार रुपैयामा दुई रोपनी खेत बन्धकी राखेर ऋण लिएका थियौं त्यो पनि सकियो अब काठमाडौं जाने भाडा पनि छैन’ किसानले भनिन् ।

दुवै मृगौला फेल भएका सन्तोषको स्वास्थ्य परिक्षण र उपचारका लागि अहिले सम्म १२ लाख बढी खर्च भइसकेको र अझै २५ लाख बढि लाग्ने उनीहरुले बताएका छन् । छोरालाई रोग नलाग्दा सम्म बुढाले भारतको सिलाङमा काम गरेर अलि अलि कमाउदै सँगालेर राखेको पैसा पनि सकिएपछि आफन्त, छरछिमेकमा ऋण लिएर पनि धेरै पटक उपचार गरेको भएपनि अहिले सबै ढोका बन्द भएको छ किसानको भनाई छ ।

शुरुमा टिचिङ अस्पताल काठमाण्डौंमा स्वास्थ्य परिक्षण तथा उपचार गरिए पनि अहिले वीर अस्पतालमा सन्तोषले नियमित डायलासिस गराउदै आएको परिवारले जनाएको छ । बागलुङको मुलपानी उच्च माध्यमिक बिद्यालयबाट चार बर्ष अघि एसलसी उतिर्ण भएर कक्षा १२ मा भर्ना भए पनि स्वास्थ्य अवस्था कमजोर भए पछि तिन बर्षदेखी पढाई छाड्न बाध्य भएको बताइएको छ । एक महिनामा डायलासिसमै २५ देखी ३० हजार रुपैयाँ खर्च हुने भन्दै भएका सम्पति सकिएर एउटा घर मात्र बा“की रहेकाले कलकलाउदो छोरा बिरामी भए पछि मन थाम्न नसकेको किसानका बाबु खड्क किसानले बताए ।

अहिले गाउलेले सय, दुई सय, हजार रुपैया जम्मा गरेर उपचारमा सहयोग गरेका छन् । देश बिदेशमा रहेका सबैले सक्दो सहयोग गरिदिए आफ्नै किड्नी दिएर भए पनि छोरालाई बचाउने सपना रहेको किसान दम्पतीले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *