आत्महत्या गर्न कालीगण्डकी पसेकी महिलाको उद्धार

म्याग्दी २०७४ साउन १६ । काली र म्याग्दी खोलाको दोभान नजिकै काली गण्डकीमा पसेकी एक अधवैँशे महिलालाई स्थानीय युवाहरुले बचाएका छन् । निज महिला कालीगण्डकीमा दाउरा छोप्न गएजस्तो गरी पसेपछी एभरग्रिन यूवा क्लवका युवाहरुले आत्महत्या गर्न गएको शंकामानी उनलाई समातेर नदी किनारमा ल्याएका थिए ।

आफनो नाम र ठेगाना बारम्वार ढाँटी रहने ती महिलाको मानसिक सन्तुलन राम्रो नभएको बुझिएको छ । निज महिला अहिले प्रहरी संरक्षणमा रहेकी छिन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *