ढोर नवी खोलाले बगाएर एक बालिका बेपत्ता, जीवित भेटिने संभावना कम !

बुर्तिबाङ २०७४ साउन १६ । ढोरपाटनमा आईतबार दिउसो साढे ४ बजेको समयमा नवी खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् ।

ढोरपाटन नगरपालिका ९ ढोर नवी गाउँका जीवन बिककी १५ वर्षिया छोरी बेलकुमारी बिक बुकीबाट घाँस लिएर फर्किने क्रममा नवी खोला तर्नलाग्दा बगाएको हो ।

बेपत्ता भएकी बेलकुमारी विक गाउँकै अन्य तीन जना साथी संग विहान घाँस काटन सोही नवी खोला तरेर बुकी तिर गएर गएकी थिईन् । घाँस लिएर फर्किरहेका चारै जना साथीहरु एकले अर्कोलाई समाती नवी खोला तर्न लाग्दा एक्कासी पानीको वहाव बढेर आएपछी उनिहरुलाई खोलाले बगाएको थियो ।

उनिहरुमध्य तीन जनालाई स्थानीय र प्रहरीले उद्धार गर्न सफल भएपनि बेल कुमारीलाई उद्धार गर्न नसकिएको ढोरपाटनबाट ईन्द्र शाहीले जानकारी दिएका छन् ।

बेपत्ता बेलकुमारीको आईतवार साँझ देखी नै खोजी कार्य जारी रहेपनि उनको कुनै पत्तो नलागेको शाहीले बताए । बेपत्ता विक जीवितै फेला पर्ने संभावन कम भएको स्थानीयले बताए ।

यसैवीच गत साउन १४ गते विहान नवी खोला तर्न लाग्दा स्थानीय राजु विकको मृत्यु भएको थियो । उनी छारे रोगबाट पीडित रहेका बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *