काँग्रेसबाट जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदका उमेदवार विरुद्ध उजुरी

विजय राना बागलुङ २०७४ साउन १६ । नेपाली कांग्रेसको तर्फबाट जिल्ला समन्वय समिति बागलङको प्रमुख र उपप्रुमुख पदमा हिंजो साउन १५ गते उमेद्वारी दर्ता गराएका लक्ष्मण आचार्य र रामप्रसाद विक बिरुद्ध उजुरी दर्ता भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्ला समन्वय समितिका प्रमुखका उमेदवार लक्ष्मण आचार्य र उपप्रुमखका उमेदवार रामप्राद बि.क बिरुद्ध आज उजुरी दर्ता भएको हो ।

स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार समन्वय समितिको प्रमुख र उपप्रमुखको उमेदवार दिँदा पचास प्रतिसत महिला समावेश हुनु पर्नेमा नभएको भन्दै उजुरी दर्ता भएको छ ।

बाम–राप्रपाको तर्फबाट प्रमुख पदका उमेदवार राजेन्द्र ढुङ्गाना र उप–प्रमुख पदका उमेदवार विष्णु भुषालले दिएको उजुरीमा निर्वाचन ऐन विपरित पचास प्रतिसत महिलाको सहभागिता नभएको भन्दै उमेदवारी खारेजीको माग गरिएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद ४ उमेदवार तथा मनोनयन पत्र सम्बन्धी दफा १७ जिल्ला समन्वय समितिको प्रमुख र उप–मुखको उमेदवार पेश गर्दा पचास प्रतिशत महिला उमेदवार रहनु पर्ने व्यवस्था रहेको छ ।

ऐनको दफा २१ (घ) मा रित अनुसार उमेदवारी दर्ता नगराएमा मनोनयन पत्र बदर हुने व्यवस्था गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *