अखिल क्रान्तिकारीको उपाध्यक्ष पदमा दिवश खत्री ‘पदम’को दावी

बागलुङ २०७४ साउन १६ । अखिल क्रान्तिकारीको आसन्न २१ औँ राष्ट्रिय सम्मेलनमा निर्वाचन मार्फत प्रतिनिधि चुन्ने निर्णय भए संगै विद्यार्थी नेताहरू आफ्नो पक्षमा मत पार्न लागिपरेका छन् ।

यसै सन्दर्भमा बागलुङका युवा दिवश खत्रीले आफू उपाध्यक्षमा उमेदवारी दिने बताएका छन् । एक अनौपचारिक कुराकानीमा उनले आफू अहिले पनि उपाध्यक्ष पदमा रहेको र विद्यार्थी राजनीतिलाई नजिकबाट बुझेकाले अखिल क्रान्तिकारीको निर्वाचित उपाध्यक्षको हैसियतले आन्दोलन र पार्टीलाई थप उचाई दिने बताएका छन् ।

उनले एक अपिल सार्वजनिक गर्दै आगामी भदौ ७ गतेदेखि काठमाडौँमा हुने अखिल क्रन्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलनमा उपाध्यक्ष पदमा आफनो उम्मेद्वारी निश्चित भएको बताउदै सबैलाइै सहयोगोग गर्न अपील गरेका छन् ।

उनको अपील यसप्रकार छ

हार्दिक अपिल !

यहाँप्रति न्यानो अभिवादन तथा नमस्कार । आउने भदौ ७ गतेदेखि काठमाण्डौमा हुने अखिल क्रन्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलनमा मेरो उम्मेद्वारी निष्चित भएको तपाईलाई जानकारी गराउन पाउँदा म निकै खुसी छु । गौरबको अनुभुती समेत भएको छ । यो निर्णयमा अघि बढ्न अहिले मलाई तपाईको साथ, सहयोग र समर्थनको खाँचो छ । तपाईबाट आर्थिक, नैतिक, भौतिक जे सम्भव छ, त्यो सहयोग मलाई प्राप्त हुने नै छ । यो महत्वपुर्ण अवसरमा तपाईको सहयोगी भुमिका मेरा लागि अनिवार्य आवश्यक छ । यहाँको दुख–सुख, तथा अप्ठ्यारोमा मेरो सहयोग सँधै रहने छ, धन्यवाद ।

दिवश खत्री ‘पदम’
केन्द्रीय उपाध्यक्ष
अखिल क्रान्तिकारी, नेपाल

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *