गल्कोट हरिचौरमा वर्खेजात्रा लाखेनाँचबाट शुरू : जात्राको समापन साउन ३१ गते

दिनेश खत्री, गल्कोट २०७४ साउन १६ । गल्कोट हरिचौरमा लोकसंस्कृतिको संरक्षण गर्दै आएको हरिचौर बजार व्यवस्थापन समितिले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि हरिचौरमा वर्खे जात्रा (नाँच)को आयोजना गर्ने भएको छ ।

गत साउन १४ गते हरिचौर बजार व्यवस्थापन समितिको बैठकले बर्खे जात्रा (नाँच)लाई निरन्तरता दिँदै कार्यक्रमलाई भव्यताकासाथ सम्पन्न गर्ने निर्णय गरेको छ ।

बजार व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर खत्रीको अध्यक्षताम बसेको बैठकले जात्रा व्यवस्थापन, खाजा व्यवस्थापन र आर्थिक व्यवस्थानलाई लिएर छलफल गर्नुका साथै विविध निर्णय गरेको छ ।

बैठकले जात्रा प्रत्यक दिन साँझ ५ बजे प्रारम्भ गरी राति १० बजे समापन गर्ने निर्णय गरेको छ । बैठकले जात्राको लागि अर्थ संकलनको लागि समितिका कोषाध्यक्ष यमलाल सापकोटालाई जिम्मा दिने र आवश्यक सामाग्रीहरुको व्यवस्था र खाजाको लागि समितिका अध्यक्ष खत्रीलाई जिम्मा दिने निर्णय गरेको छ ।

यस वर्षको वर्षे जात्रा आउदो साउन २४ गते प्रारम्भ भै साउन ३१ गते सम्पन्न हुनेछ । बजार व्यवस्थापन समितिले गरेको निर्णय अनुसार साउन २४ गते लाखे नाँच, २५ गते गाईजात्रा, २६ गते जोगीनाँच २७ गते घोँडेजात्रा, २८ गते रोपाई जात्रा, २९ गते बाघ जात्राको प्रदर्शन गरिने छ । जात्राका समापन साउन ३१ गते गरिने छ ।

नाग पन्चमीको पावन अवसरमा विशेष पूजा सम्पन्न गरी वर्षे जात्रा सुरु गरिने प्रचलन अनुसार नाग पन्चमीका दिन यस क्षेत्रको लोकप्रिय लाखे नाँचको विधिवत पूजा गरिएको थियो ।

विगत वर्षहरुमा प्रदर्शन गरिएका विभिन्न जात्राको एक झलक यहाँ प्रस्तुत गरिएको छ:

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *