बुर्तिबाङमा पहिलो पटक हुने एसईईको पुरक परीक्षामा ६५० विद्यार्थी सम्मिलित हुँदै

छबिलाल पाण्डे, बुर्तिबाङ २०७४ साउन १६ । २८ बर्ष पछि पहिलो पटक बुर्तिबाङमा एसईई ग्रेड बृद्धि परीक्षा (पूरक) हुने भएको छ । गत वर्ष सम्म साविक एसएलसी परीक्षाको पूरक परीक्षा दिन विद्यार्थीहरुलाई गल्कोट हटिया जानु पर्ने बाध्यता थियो ।

२०४७ सालदेखि यस क्षेत्रका बिद्यार्थीले उत्तरगँगा माविमा एसएलसी परीक्षा दिने गरेपनी पूरक परीक्षाका लागि २०४७ देखि २०६३ सम्म बागलुङ सदरमुकाम जानुपर्ने र त्यसयता गत बर्ष सम्म गल्कोटको हटिया धाउनु पर्ने बाध्यतात्मक अबस्थालाई चिर्दै यसपटक उत्तरगंगा मावि बुर्तिबाङबाट यस क्षेत्रका २७ बिद्यालयका करीब ६ सय ५० परीक्षार्थी एसईई परीक्षामा ग्रेड बृद्धि गर्न पाउने भएका हुन् ।

उत्तरगँगा माविले लामो समय देखिको समस्यालाई समाधान गर्नका लागि जिल्ला शिक्षा कार्यालय बागलुङमा यसको बिषयमा पहल गरीदिन निबेदन पेश गरेसँगै जिल्ला शिक्षा कार्यालयले परीक्षा नियन्त्रण कार्यलयमा जानकारी गराएको थियो । त्यसपश्चात परीक्षा नियन्त्रण कार्यालयको स्वीकृति बमोजिम यस पटक देखि उत्तरगंगा माविमा परीक्षा हुन लागेको बिद्यालयका प्रअ धन बहादुर कुवँरले इबागलुङलाई बताए ।

यस व्यवस्थासँगै बर्षातको समयमा प्रत्यक बर्ष यस क्षेत्रका सयाँै बिद्यार्थी गल्कोट हटिया जानु पर्ने र अनाबश्यक झञ्जट बेहानुपर्ने बाध्यता हटेको हो ।

यस पटकको परीक्षा (पूरक)मा बडीगाड गाँउपालिका अन्र्तगत साविकको ग्वालीचौर, भिमगिठे, दर्लीङ, ढोरपाटन नगरपालीका, तमान गाँउ पालीका र निसिखोला गाँउपालीका अन्र्तगत ३० बिद्यालय रहेपनी ३ बिद्यालयका परीक्षार्थीले फर्म नभरेका कारण यस बर्ष २७ बिद्यालयका परीक्षार्थी सहभागि हुने बताईएको छ । साउन १९ गते देखि हुने परीक्षालाई ब्यबस्थित बनाउन आबस्यक तयारी भईरहको बिद्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *