गीता नेपालीलाई लब्दीखोलामा फाली हत्या गरिएको पुष्टी : अभियुक्त हिरा बलामी प्रहरी नियन्त्रणमा

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ साउन १५ । गत २०७४ असार २६ गते विहान खर्वाङ नजिकै बडीगाड खोलाको वीचमा मृत अवस्थामा फेलापरेकी गुल्मी मुसिकोट नगरपालिका वडा नं १ बस्ने वर्ष ३५ की गीता नेपालीलाई हत्या गरी उनको शवलाई बडीगाड खोलामा बगाएको खुल्न आएको छ ।


गीता नेपालीलाई लब्दी खोलाको यसै निर्माणाधीन मोटरेबल पुलको छेउबाट लब्दी खोलामा फालेको अभियुक्तहरुले स्वीकार गरेका छन् ।

मृतक गीता नेपालीको गुल्मी साविक दोहली गाविस हाल ईस्मा गाउपालिका वडा नं २ का धनबहादुर नेपाली संग विवाह भै उनिहरुको १३ वर्षकी एक छोरी र उनी मुनिका ३ भाई छोराहरु भएकोमा पछी पतिसंग बिमेल भएपछी गीता नेपाली माईती घर मुसिकोट नगरपालिका १ पौँदी अमराई आएर छाप्रो बनाई चार बालबच्चा सहित बस्दै आएकी थिईन् ।

श्रोतका अनुसार गुजाराको लागि आमा छोरी दुबै गाउँघरमा काम गर्न जाने गर्थे । पछिल्लो समय मृतक नेपाली बागलुङ साबिक ग्वालिचौर गाविस हाल बडीगाड गाउपालिका न्वारको लब्दी खोलामा निर्माणाधीन मोटरेबल पुलमा काम गर्न आउने गरेकी थिईन् । सोही क्रममा गीताको पुलमा कामगर्ने साबिक दगातुंडाडा गाविस-९ हाल बडीगाड गाउपालिका-२ सक्न्यारका वर्ष १८ का हिरा बलामी मगरसंग प्रेम सम्वन्ध रहि विगत लामो समय देखी शारीरिक सम्वन्द्ध हुदै आएको थियोे ।

न्वारको यसै काउचा होटल (भट्टी पसल)मा मृतक र अभियुक्तहरुले सँगै बसी मदिरा सेवन गरेका थिए ।

श्रोत भन्छ, मृतक नेपालीले कथित प्रेमी हिरा बलामीमगरलाई आफुलाई बिबाह गर्न दबाब दिदै आएकी थिईन् । बिबाह नगरे प्रहरी समक्ष उजुरी दिने धम्की दिँदै आएकी गीताले घटनाको दिन पनि यहि अडान दोहोराएपछी निजको हत्या गरी बडीगाड खोलामा बगाएको प्रहरी समक्ष बलामीमगरले स्वीकार गरेका छन् ।

अनैतिक शारीरिक सम्वन्धबाट गर्भ रहन गएपछी गीताले विवाह गर्न दबाब दिनेगरेको स्थानीयको आशंका छ । उता अभियुक्त बलामीमगर एकातिर अन्तरजातिय अर्कोतिर उमेर धेरै तलमाथी भएकोले हरहालतमा विवाह गर्न चाहेका थिएनन् । घटनाका दिन बलामी मगर विहानै देखी निर्माणाधीन मोटरेबल पुलमा काममा आएर पनि काम नगरी यताउति गरिरहेको र चिन्तित मुद्रामा रहेको उनका सहकर्मीहरुले बताएका छन् । अन्तत: सोहि राति गीताको हत्या गरेर उनीबाट छुट्कारा पाउने विचारलाई बलामी मगरले अन्जाम दिएको हुनसक्ने स्थानीयकोे ठम्याई छ ।

बडीगाड खोला र लब्दी खोलाको दोभाननेरको यसै झोलुंगे पुल नजिकबाट गीताको शवलाई बडीगाड खोलामा बगाईएको अनुमान गरिएको छ ।

घटनाका दिन साँझ मृतक गीता, उनकी भाउजू सीता नेपाली, अभियुक्त बलामी मगर र सोहि ठाउँमा डेरा गरी बस्ने केशव थापा भनिने नरेश पुन चार जना न्वारको एक होटल (भट्टी)मा बसी मदिरा सेवन गरेका थिए । मृतककी भाउजू सीता भने उनिहरु भन्दा पहिले भट्टीबाट निस्केर गएको बुझिएको छ ।

प्रहरी श्रोतका अनुसार घटनाका दिनपनि मृतक गीताले बलामी मगरलाई ‘मलाई आजै विवाह गरी तिम्रो घरमा लैजाउ बिहे नगरे प्रहरीकोमा उजुर गर्छु’ भनेपछी गीतालाई अत्याधिक मदिरा रक्सी खुवाएर बलामी मगरले नरेश पुनको सहयोगमा निर्माणाधीन लब्दी खोला मोटरेबल पुलको छेउबाट लब्दी खोलामा खसाली निजको अनुहार तथा शरीरका अन्य भागहरुमा रक्सीको सिसाको बोत्तलले समेत हानी कर्तव्य गरी मारेर घटनास्थल लब्दी खोलाबाट पानीमा घिसार्दै करीब ५ सय मिटर तल रहेको बडीगाड खोलामा बगाई दिएको स्वीकार गरेका छन् ।

तर स्थानीयवासी, गीता नेपालीको पहिले हत्या गरी लब्दी खोलामा फालेको हो या जीवितै लब्दीखोलामा फालेर हत्या गरिएको हो भन्नेमा अन्योल देखिन्छन् । अत्याधिक मदिरा रक्सी सेवन गरेकी नेपालीलाई निर्माणाधीन मोटरेबल पुल नजिकबाट लब्दीखोलामा फालिसकेपछी खोलामा गएर निजको अनुहार र शरीरका विभिन्न भागमा रक्सीको बोत्तलले हानेको भन्ने अभियुक्तको भनाई स्थानीयलाई त्यत्ति पचेको छैन । गीता नेपालीलाई पहिले नै रक्सीको बोत्तलले शिरका विभिन्न भागमा प्रहार गरी मारेपछी लब्दी खोलामा खसालेर पानीमा घिसार्दै बडीगाड खोलासम्म पुराएको हुन सक्ने उनिहरुमा आशंका रहेको छ । जेहोस, प्रहरी घटनाको अनुसन्धानको अन्तिम चरणमा छ । एक दुई दिनमै अनुसन्धान सकी अभियुक्तहरुलाई सार्वजनिक गर्ने तयारीमा रहेको प्रहरी श्रोतको दाबी छ ।

अनैतिक शारीरिक सम्वन्धबाट यस्ता धेरै घटनाहरु समाजमा घट्ने गरेका छन् । त्यस मध्यको यो गीता नेपाली हत्याकाण्ड पछिल्लो ज्वलन्त उदाहरण हो ।

बागलुङ जिल्लामा पछिल्लो समय हत्या, आत्महत्या, लागुऔषध दुव्र्यसन तथा ओसारपसारका घटनाहरु बृद्धि हुँदै गएको छ । हिँजो साउन १४ गते मात्रै काठेखोला गाउपालिका साविक भिमापोखरा गाविसमा निसीखोला गाउपालिका २, साबिक देविस्थान गाविस माईत भएकी १७ वर्षिया कोपिला मगरले कोठामा झुण्डिएर आत्महत्या गरेको समाचार प्रकाशमा आएको छ ।

दुई वर्ष पहिले बागलुङ सदरमुकाम नजिकै रहेको बोक्से खाल्डो माथिको मोटरबाटोमा निर्मम हत्या गरिएकी रुपा गौतमको हत्याराहरुलाई आजसम्म प्रहरीले पत्ता लगाउन नसकेको अवस्था छ ।

यो पनि पढौं

गीता नेपालीको हत्यामा कथित प्रेमी हिरा बलामीकोमात्र संलग्नता रहेको प्रहरीको खुलासा

छोरालाई प्रहरीले बोलाएर लगेपछी जमुना कुमारी पुुनको परिवार बिचल्लीमा

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *