गृहमन्त्री शर्माव्दारा कालो बजारी नियन्त्रणमा सहयोग गर्न बागलुङका ब्यापारीलाई आग्रह

कोपिला कंडेल, बागलुङ २०७४ साउन १४ । गृहमन्त्री जनार्दन शर्माले कालो बजारी नियन्त्रणमा सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको प्रथम अधिवेशनलाई शनिबार टेलिफोन मार्फत सम्बोधन गर्दै उनले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकार तत्पर रहेको र व्यवसायीहरुले पनि व्यवसायीहरुबाटै भएको गलत क्रियाकलापलाई रोक्न प्रशासनलाई सघाउनुपर्ने बताए ।

हामी सबैको चाहाना समृद्ध देश निर्माण गर्ने हो,’ मन्त्री शर्माले भने, देशको विकासका लागि गलत प्रवृत्तिहरु बाधक छन् । त्यसलाई रोक्न तपाईहरुले पनि सहयोग गर्नुस् ।’ उनले नेपाललाई समृद्धिको नयाँ उचाईमा पु¥याउनका लागि उद्योगी व्यवसायीको महत्वपूर्ण योगदान हुने बताए ।

‘हामी देशलाई समृद्धिको नयाँ उचाईमा पु¥याउने लक्ष्यमा छौं,’ शर्माले भने, त्यसमा व्यवसायीहरुको योगदान ठूलो हुनेछ । त्यसका लागि यहाँको वस्तु अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वाताबरणको सिर्जना हुनु जरुरी छ ।’ उनले उद्योग व्यवसायको प्रवद्र्धन र औद्योगिक क्षेत्रको विकास अहिलेको आवश्यकता भएको समेत औंल्याए ।

नेपालमै स्वरोजगार स्थापनाका लागि यहाँको जलस्रोत र जडिबुटीको उपयोग गर्नुपर्ने उनको भनाई थियो । कृषि उपजको प्रशोधन गर्ने उद्योगमा लगानी बढाउन समेत उनले व्यवसायीहरुलाई आग्रह गरे ।

सो अवसरमा राष्ट्रिय उद्योग ब्यापार संगठनका केन्द्रिय उपाध्यक्ष श्याम श्रेष्ठले जिल्लाको बिकास र ब्याव्सायीक हकहितका लागि ब्यापार ब्याव्सायको बिस्तार गर्नुपर्ने बताए । उनले आर्थिक रुपान्त्रण र कृषि क्षेत्रको बिकासका लागि सबै उद्योगी ब्यापारी एक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र बहादुर खड्का, ताराखोला गाउंपालिकाका प्रमुख प्रकाश घर्ति, नेपाल उद्योग ब्यापार संगठनका संस्थापक अध्यक्ष लालचन्द्र राजभण्डारी, नेकपा माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य एबं जिल्ला ईन्चार्ज चन्द्र बहादुर बुढा सागर, राष्ट्रिय उद्योग ब्यापार संगठनका ४ नम्वर प्रदेश संयोजक गोपी अधिकारी, नेपाल कम्युनिष्ट पार्टीका बाबुलाल शाक्य, संघिय समाजबादी फोरमका दल बहादुर खड्का, प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङ्ग, बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष जयराम भारी, नेपाल पत्रकार महासघं बागलुङका अध्यक्ष दिल शिरिष, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ्गका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ र नेपाल राष्ट्रिय बाणिज्य सघं बागलुङ्गका उपाध्यक्ष भवनराज बराल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
नेपाल उद्योग ब्यापार संगठन बागलुङका संयोजक रतन प्रसाद श्रेष्ठको अध्यक्षता र सहसंयोजक बाबु डियर हमालको संचालनमा कार्यक्रमको उद्घाटन सत्रको समापन भएको थियो । अधिवेशनले नयां नेतृत्व चयन गर्ने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *