भिङगाड माथि २२५ मिटर लामो आकाशे पुलको सर्वे सम्पन्न

बिमल खड्का बुर्तिवाङ २०७४ साउन १४ । बडीगाड गाउपालिका वडा ७ भिङगिठेको गिठेचौर देखी वडा नं ६ को ठुलाचौर जोड्ने भिङखोलामाथी आकाशे पुलको सर्वेक्षण गरिएको छ ।

ललितपुरको टोलिटारबाट आएको प्राविधिक टोलीले २२५ मिटर लम्बाई र भिङगाड (खोला) देखी २१३ मिटर उचाईमा पुल निर्माण गर्न सर्वे गरिएसँगै स्थानीयवासीमा खुशियाली छाएको छ । स्थानीयवासीले छिटो पुल निर्माण कार्यको शुभारम्भ गरियोस भन्ने चाहना व्यक्त गरेका छन् ।
,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *