नवी खोला तर्न लाग्दा ढोरपाटनमा एक युवकको मृत्यु

बुर्तिवाङ २०७४ साउन १४ । ढोरपाटनको नवी खोला वीचमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

ढोरपाटन नगरपालिका- ९ ढोरपाटन तल्लोचौरका वर्ष २० का राजु बिक खोला तर्न लाग्दा आज विहान ८.४५ बजे मृत्यु भएको स्थानीयले बताएका छन् ।

निज राजु बिकलाई सानै देखी छारे रोग भएकाले खोला तर्न लाग्दा खोलामा पल्टिएर निजको मृत्यु भएको ईन्द्र शाहीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *