पर्वत जिल्लामा सन्चालित विभिन्न महोत्सवहरुको हरहिसाव सार्वजनिक किन हुन्न ?

महोत्सवका आयोजकहरु द्वारा व्यापक आर्थिक चलखेल गरिएको आशंका !

महेन्द्र केसी, पर्वत २०७४ साउन १४ । पर्वत जिल्लामा सन्चालित विभिन्न महोत्सवहरुको हरहिसावलाई लिएर निकै तीखा टिप्पणीहरु हुन थालेका छन् । कुनै एक महोत्सवको मात्र नभएर विभिन्न नाममा आयोजना गरिएका थरीथरीका महोत्सव, व्यापार मेलाहरुको आयव्यय सार्वजनिक नहुनुले महोत्सवको नाममा ब्रह्मलुट गर्ने परम्परा कायम हुन थालेको सन्त्रास आमनागरिकमा पलाएको छ ।

पर्वत महोत्सव होस् या कफी फलफुल महोत्सव या दिदी वहिनीको तीजी महोत्सव किन नहोस, कुनैले पनि महोत्सवको आयव्यय विवरण सार्वजनिक गरेका छैनन । सरसरती हेर्दा महोत्सव, भ्रष्टाचारको सरल माध्यम बन्दै गएको देखिएको छ ।

महोत्सवहरु मध्य विशेषरुपमा लिईने पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव समापन भएको ६ महिना बित्न लाग्दापनि त्यस्को हरहिसाब सार्वजनिक भएको छैन । महोत्सव समापन भएको एक महिनादिनमानै आयव्यय सार्वजानिकगर्ने उद्घोष गरेका आयोजकहरु अहिले कुन दुलोमा पसेका छन् भन्दै आम नागरिकले चासो देखाएका छन् ।

माघ १३ देखि २२ गतेसम्म संचालनभएको महोत्सवमा महोत्सवमा ५ करोडभन्दा बढीको कारोबार भएको र २ लाख दर्शकले महोत्सव अबलोकन गरेको आयोजकले प्रचार मात्र गरेनन् आयोजक समितिका संयोजक तथा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम लामिछानेले ५५ लाखभन्दा बढि बचत हुने सार्वजानिक कार्यक्रममै दाबी समेत गरेकाथिए ।

महोत्सव परिसरमा भएका अनैतिक कृयाकलाप, चोरी, झगडाले पनि महोत्सव आलोचित बनेको थियो । उद्योग बाणिज्य संघ पर्वतको मुख्य आयोजनामा महोत्सव भएको थियो । महोत्सवमा ५९ लाख भन्दा बढी रकम उठेको आन्तरीक छलफलमा जानकारी भएको तर अझै रकम उठाउन बाँकी रहेकोले रकम सवै हात नलागेको उवासंघ पर्वतका एक सदस्यले बताएका छन् । हरेक तीनतीन बर्षमा उवासंघले आयोजना गर्ने विगतमा सम्पन्न भएका चार महोत्सवमा ठुलो रुपमा आर्थिक चलखेल भएको आरोप अहिले सम्म लाग्दै आएको छ ।

पाँचौ महोत्सवको हरहिसाव पनि ६ महिना सम्म सार्वजनिक नगरिएपछी आर्थिक हिनामिना भएको आम नागरिकको विश्वास छ ।
यस्तै झण्डै २ बर्ष पहिले सम्पन्न भएको कफि,लप्सी सुन्तला महोत्सवको आयव्यय समेत सार्वजानिकरण हुन सकेको छैन । घरेलु उद्योग महासंघ जिल्लाशाखापर्वतको आयोजनामा सम्पन्नभएको उक्तमहोत्सवको हालसम्म आयव्यय सार्वजानिकरण भएको छैन । महोत्सवकामुल संयोजक शिवप्रसाद सुवेदीले महोत्सवको बारेमा सरोकारवालालाई सामेल गरी जानकारी गराइएको बताएतापनि के कति खर्च र आम्दानी भयो त्यसको लेखाजोखा हुन सकेको छैन ।

आयोजक समितिकै मिलेमतोमा महोत्सवको हरहिसाब हिनामिना भएको आशंका गरिएको छ । महोत्सवमा सह आयोजकहरु समेत रुष्ट थिए । महोत्सव संचालन अबधिमा आयोजक समितिले सहआयोजकहरुलाई अपमान गरेको समेत आरोप लागेको थियो । लघु उद्यमको विकासको लागि संचालन गरिएको कफि,लप्सी सुन्तला –कलसु) महोत्सवमा लघुउद्यमभन्दा पनि आयोजक मोटाउने काम भएको आरोप लागेको थियो ।

त्यस्तै रेडियो दिदीबहिनीको आयोजनामा सम्पन्न भएको पश्चिमाञ्चल महिला महोत्सवतथा रेडियो दिदीबहिनीको बार्षिक उत्सवको आयव्यय समेत सार्वजानिक भएको छैन । बर्षमा दुइ पटक महोत्सवको आयोजना गर्दै आएको रेडियो दिदी बहिनीले हालसम्मका कुनै पनिमहोत्सवको आयव्यय सार्वजानिकरण गर्न सकेको छैन । सांसद कल्पना चापागाई अक्ष्यक्ष समेत रहेको उउक्त रेडियोले बर्षमा दुइ पटक हरितालिका तीज र नारी दिवसको अबसरमा महोत्सवको आयोजनागर्दै आइरहेको छ ।

यो पनि पढौँ
पाँचौ पर्वत महोत्सवको समापन समारोह राजनीतिक दलहरुव्दारा बहिष्कार ?

पाँचौ पर्वत महोत्सव, औद्योगिक व्यापार मेला नभएर बन्दैछ लोक दोहोरी भेला !

समाचार टिप्पणी : महोत्सव भित्रका मिनी महोत्सव !

भिडियो हेरौँ, सिडियो साहवलाई भनौँ, पर्वत महोत्सवमा के के हुन्छ ?

महिला महोत्सवको नाममा शोषणा नहोस्, हर-हिसाव पारदर्शी रहोस् !

गन्हायो पर्वत महोत्सव:स्टल भित्र बसेका महिलामाथि सुरक्षाकर्मीव्दारा दुर्ब्यबहार !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *