यौनधन्दामा संलग्न ८ युवती र ६ पुरुष ग्राहक सहित १६ जना पक्राउ

काठमाडौं, २०७४ साउन १३ । यौनधन्दामा संलग्न रहेको अभियोगमा जोरपाटी र नयाँबस्ती क्षेत्रमा गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने दोलखा शैलुङ–३ का ४० वर्षीय निमा तामाङ र नारायणटार बस्ने ओखलढुङगाको बिलन्द–१ का ३३ वर्षीय कुमार केसीसहित १६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु दुबैले छुट्टाछुट्टै स्थानमा घर भाडामा लिई बेश्याबृत्ति तथा यौनधन्दा जस्ता अनैतिक कार्य गर्ने गराउने दुवै संचालक, यौनधन्दामा संलग्न ८ युवती र ६ पुरुष ग्राहक समेत गरी १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *