१११ वर्षमा नाग पन्चमीका दिन पाँचौ पटक जनै पूर्णिमा पर्व एकसाथ मनाईदै !

बागलुङ २०७४ साउन १३ । आज साउन शुक्ल पन्चमी अर्थात नाग पन्चमी, हिन्दुहरुको एक महत्वपूर्ण पर्व हो । प्राचीन कालदेखी चलि आएको ुनागपंचमी पर्वु परंपरागत श्रद्धा एवं विश्वासका साथ मनाईने गरिन्छ। आजको दिन नागको पूजा गरिन्छ ।
आज नागको मन्दिरहरुमा गएर अष्ट नागको चित्रमा पूजा गरी त्यस्लाई ल्याएर गाईको गोबरले घरका ढोँकाहरुमा टाँसेर नाग पन्चमी मनाईने प्रचलन रहेको छ ।

घरका ढोँकाहरुमा अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले घरमा चट्याङ नपर्ने स्थानीयमा विश्वास रहेको छ । नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन।

आज नागपन्चमीका दिन जनैपूर्णिमा पनि एकसाथ मनाईदै छ । आगामी साउन २३ गते साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा)का दिन अर्ध रात्रि पूर्व खण्डग्रास चन्द्रग्रहण परेकाले त्यस दिन गरिने सबै शुभकार्यहरु आज नाग पन्चमीका दिन गर्नुपर्ने शास्त्रहरुमा उल्लेख गरिएकाले जनैपूर्णिमा गरिने सबै शुभकार्यहरु आजै गरि मनाईएको हो ।

विगत १ सय ११ वर्षको अवधिमा पाँचौ पटक नाग पन्चमीको दिनमा साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा)मा गरिने सबै शुभकार्यहरु गरेर जनैपूर्णिमा ऋषितर्पणी एक साथ मनाउन लागिएको हो । यस अघी विक्रम सम्वत १९६३, १९८२, २०२८ र २०४७ सालको साउन शुक्ल पूर्णिमाका दिन ग्रहण परेकाले नाग पन्चमीकै दिन उक्त पर्व (रक्षावन्धन, ऋषितर्पणी, उपाकर्म) मनाईएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *