तीन हप्ते बुटिक तालिमको समापन

कोपिला कंडेल, बागलुङ २०७४ साउन १२ । जिल्ला शिक्षा कार्यालय बागलुङ्गको सहयोग एबं ज्ञानज्योती सामुदायिक सिकाई केन्द्र काठेखोला गाउपालिका ६ को आयोजनामा संचालित २२ दिन बुटिक तालिमको आज एक समारोहका बिच सम्पन्न भएको छ । महिला सशक्तिकरण र सबलिकरण गर्ने उदेश्यले आयोजित तालिममा काठेखोला गाउंपालिका अन्र्तगतका २२ जना महिलाले सहभागिता जनाएका थिए ।

तालिमको समापन समारोहमा बोल्दै जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत सरिता देबी शर्माले महिला सशक्तिकरण एबं आजआर्जनका लागि यस्ताखाले तालिम महत्वपुर्ण हुने बताएकी थिईन् । उनले तालिममा सिकेका कुरालाई ब्यब्हारमा लागु गर्न आग्रह समेत गरेकी थिईन् ।

सो अवसरमा अमर उच्च माबि बिहु श्रोत केन्द्रका श्रोतब्यक्ति पुर्ण प्रसाद ढुङ्गाना, भिमपोखरा केन्द्रका श्रोत ब्यक्ती श्री प्रसाद शर्मा कंडेल, भिमसेन उच्च माबिका प्राचार्य रघुनाथ कंडेल, शिक्षक नारायण कंडेल, पत्रकार महासघं बागलुङ्ग शाखाका सल्लाहकार कोपिला कंडेल, ज्ञानज्योती सामुदायिक सिकाई केन्द्रका सदस्य कल्पना कंडेल र तालिमका सहभागि मञ्जु पुन लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । २२ दिन सम्म संचालित तालिमको सहजिकरण शोभा बिकले गर्नुभएको ज्ञानज्योती सामुदायिक सिकाई केन्द्रले जनाएको छ ।

कार्यक्रम ज्ञानज्योती सामुदायिक सिकाई केन्द्र काठेखोला गाउंपालिका वडा नम्वर ६ का अध्यक्ष बालकृष्ण शर्मा कंडेलको अध्यक्षता, सदस्य दिल्लीराज उपाध्यायको स्वागत मन्तब्य र भिमसेन प्राबिका प्रधानाध्यापक मन बहादुर केसीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *