कृषि बैक कुस्माका लेखापाल २२ दिन देखी बेपत्ता, परिवारजनमा रुवाबासी !

आशिष सुबेदी, पर्वत २०७४ साउन १२ । पर्वत सदरमुकाम कुस्मा बाजर स्थित कृषि विकास बैँकका लेखापाल २२ दिन देखी बेपत्ता छन् । पर्वत जिल्लाकै फलेवास नगरपालिका १४ मुडिकुवाका दिपेन्द्र गौडेल गत २०७४ साल असार २२ गतेको विहान ५ बजे देखी बेपत्ता भएको परिवारजनले बताएका छन् । गौडेल बेपत्ता हुनुको कारण खुल्न आएको छैन ।

२०२८ सालमा बुबा हरिदत्त गौँडेल र माता मन्दरी गौँडेलको कोखबाट जन्मिएका गौडेलका एक श्रीमती र तीन छोरा र ८४ वर्ष उमेरकी बुद्ध आमा छन् । झण्डै एक महिना बित्दा सम्मपनि गौडेलको कुनै पत्ता नलागेपछी परिवार जन चिन्ताको सागरमा डेबेका छन् ।

परिवार जनले खोजी कार्य गरीदिन सबै संग आग्रह गरेका छन् । कहि कतै देखेमा नजिकको प्रहरी कार्यालय तथा यसै परिवारको मोबाईल ९८४७६२६९०५ वा ९८४६३९५८५७ मा खबर गरीदिन आग्रह गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *